
डिएन घिसिङ
बिश्वको परिबर्तित तापमानले खेलाडीको प्रदर्शनमा महत्त्वपूर्ण प्रभाव राख्दछ।भौगोलिक बिभिताले गर्दा उच्च वा न्यून तापक्रममा आयोजना हुने विविध खेलगतिबिधीमा खेलाडीले फरक नतिजा दिने गर्दछ।
गत डिसेम्बरको पहिलो हप्तामा जियोफिजिकल रिसर्च लेटर्स जर्नलम प्रकाशित सोध अनुसार दशकदेखि हिउँ मौसमम्स अभ्यास गरिरहेका खेलाडी र गर्मी मौसममा अभ्यास गर्ने खेलाडीको प्रदर्शनमा औसत फरक देखाएको छ।सोही अध्यनले गर्मी वा चिसो मौसममा हुने खेलगतिबिधीको बाताबरणीय मैत्री बनाउने तर्फ सजग गराएका छ्न।जबकी तातो वा गर्मीमा आघात र एकदमै कम तापक्रमले हाइपोथर्मिया निम्त्याएर बिरामी समेत पर्ने संभावना रहेको हुन्छ।
प्रायःबिकिसित मुलुकले मौसम परिबर्तन र जलबायु परिबर्तन जस्ता कुराहरु अगाडि सारेका छ्न भने अल्पबिकसित वा बिकासन्मुक देशले यस्ता बिषयमा भने गम्भीर नभनेको तथ्य प्रकाशमा आएको छ।
खेलकुदमा खेलाडीहरू जित्न सक्छन् जब तिनीहरूले आफ्नो शरीरलाई संतुलन प्रदर्शन देखाउन सकिन्छ, जसले उनीहरूलाई वातावरण बदल्नको लागि अधिक संवेदनशील बनाउँदछ। खेलकुदमा मौसमको प्रभाव फरक हुन्छ, तर केहि प्रतियोगिताहरू इन्डोर वा बरफमा खेलिने खेलहरुमा भने बाताबरण प्रभाव एकरुपता रहेको हुन्छ। जबकि अन्यमा बाहिरी खेलहरुमा बाताबरणको परिबर्तन प्रत्यक्ष असर सामना गर्नु पर्दछ ।
जलवायु परिवर्तनले करियरमा पर्ने प्रभावको बारेमा ब्याबसायिक खेलाडीहरूले हालै अमेरिकको वाशिंगटनमा क्लाइमेट क्राइसिस सम्बन्धी सिनेट डेमोक्र्याटको विशेष समितिको बहस गरेका थिए।सिनेटकर्ता स्काट्जको अध्यक्षतामा रहेको समितिले “फाईट टु सेभ टु सेभेन्ट: प्रो एथलीट क्लाइमेट एक्शन” नामक एक सुनुवाइको आयोजना गर्यो।जस्ले हिउँ खेलकूद पर्यटन संयुक्त राज्य अमेरिकामा बढ्दो लोकप्रिय छ। तर बिस्वब्यापी बददो जलबायु परिवर्तनको बारेमा भने चिन्ताको बिषय बनेको तर्फ इन्ङ्गित गरेका थिए।झन्डै २० मिलियन मानिसहरूले प्रतिवर्ष डाउनहिल स्कीइ स्नो, स्नोबोर्डि, र स्नोमोबिलिमा भाग लिन्छन्। जलवायु परिवर्तनको प्रभावको कारण, हिउँ क्रीडा पर्यटनले कम मौसम र कम हिउँ कभरको साथ संघर्ष गर्नुपरेको औल्याएका थिए।
आधुनिक ओलम्पिक र प्यारालम्पिक खेलहरूको सस्करणमा समेत जलबायु परिबर्तनको बारेमा बिशेष चासोको रूपमा लिएको छ।सन २०२०को टोकियो आयोजक समितिले यसको सस्टेनेबिलिटी प्लान संस्करण प्रकाशित गरेको छ। जसमा “शून्य कार्बन तर्फ” टोकियो २०२० ले तयारी चरणको बखत र उत्पन्न हुने सिओटु उत्सर्जन घटाउन नवीकरणीय उर्जा प्रयोग ल्याउने तयारी रहेको आयोजकले बताएका छ्न।
धेरै कारकहरूले खेलाडीलाई परिबर्तीत बाताबरणियले जोखिममा राख्छन्; यद्यपि उच्च तापक्रम सबैभन्दा खतरनाक पक्षहरू मध्ये एक हो।जुन खेलाडीको प्रदर्शन र प्रदर्शन गर्ने स्वास्थ्यमा प्रत्यक्ष असर गर्दछ।बाताबरणीय सन्तुलनतर्फ बिज्ञहरुले चासो बढाएका छ्न।


