दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आफूसहित परिवारमाथी वडाध्यक्षले कुटपिट गरेपछि ७६ वर्षिय बृद्ध डबल बहादुर खड्का सख्त घाइते अवस्थामा न्याय माग्दै राजधानी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष ८ गते, मंगलवार १६:५९

काठमाडौं, ८ पौष । आफूसहित परिवारमाथी वडाध्यक्षले कुटपिट गरेपछि ७६ वर्षिय बृद्ध डबल बहादुर खड्का सख्त घाइते अवस्थामा न्याय माग्दै राजधानी आइपुगेका छन् । उनले आज रिर्पोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी घटना वारे यर्थाथ जानकारी गराउदै बझाङको खप्तड छान्ना गाउँपालीका वडा न. ६ का वडाध्यक्ष तिलक बहादुर खड्का घटनामा संलग्न भएपनि उनले उन्मुक्ति पाएको भन्दै कडा कारवाहीको माग गरेका छन् ।

उनले भने, ‘जनप्रतिनिधिले म जस्तो बृद्धलाई ज्यानमार्ने उद्देश्यले आक्रमण गरेका छन् । उनीमाथि कडा कारवाही होस ।’ पिडित खड्काले दुई छोरा र तीन बुहारीमाथी पनि आक्रमण भएको बताए । कुटपिटबाट खड्काको तीन ठाँउमा खुट्टा भाचिएको छ भने छातीको करङ पनि भाचिएको छ । उनको आँखा, नाक र मुखमा पनि गहिरो चोट लागेको छ । वडाध्यक्ष सहित केही व्यक्तिलाई बझाङमा ज्यान मार्ने अभियोगमा मुद्धा दर्ता गरिएको जानकारी दिए । उनले आफुमाथी आक्रमण गर्नेमा वडाध्यक्ष तिलक बहादुर खड्का सहित वडासचिव दिपक बहादुर खड्का, नेपाली सेनामा कार्यरत चक्रबहादुर खड्का, भरत थापा, जग खड्का, वसन्त खड्का, सन्न्तोष खड्का, किरण खड्का, ओब्जन खड्का र ऐकेन्द्र खड्का रहेको बताए ।

कार्तिक २ गते पिडित डबल ब. खडकासंग स्थानिय भरत थापासंग पानीको वारेमा विवाद भएको र त्यसको भोलिपल्ट कात्र्तिक ३ गते दिउँसो वडाध्यक्ष लगाएतको समुहले छोरा बुहारीसहितलाई ज्यान मार्ने मनासायले कुटपिट गरेको बताए ।

कुटपिट पछि चोट लागेका खड्काको परिवारलाई धनगढी मायामेट्रो अस्पताल लगिएको र छोरा र बुहारीहरलाई घर पठाई बृद्ध डबल खड्कालाई काठमाडौ पठाइएको थियो । उनले भने, ‘मेरो काठमाडौको बि एण्ड बि अस्पतालमा उपचार भइरहेको छ ।’

बझाङ अदालतमा पिडकहरुविरुद्ध मुद्धा दायर गरेको भएपनि पिडित खड्काको परिवारलाई बोलाएर केहि आजसम्म नसोधिएको गुनासो पिडित परिवारले गरेका छन् । ५ लाख ७४ हजार धरौटी लिई बझाङको जिल्ला अदालतले पिडकहरुलाई सामान्य धरौटिमा छोडिदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

उनका छोरा तेज बहादुर खड्काले आफूहरु अन्यायमा परेको बताए । उनले भने ‘हाम्रो परिवार अन्यायमा परेको छ, हामीलाई न्याय दिलाइदिनु पर्यो । वडाध्यक्षले नै कुटपिट गर्छन् भने जनता कसरी सुरक्षित हुने ?’
समचार तस्बिर रिपोर्टस क्लबबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु