तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

दिनिशालाई १२ वर्षमै पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष ८ गते, मंगलवार १७:१३

काठमाडौं । कराँते खेलाडी दिनिशा लामाले पहिलो अन्तर्राष्ट्रिय सहभागीतामै स्वर्ण पदक जित्न सफल भएकी छिन् । दिनिशाले बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय गोजुरियो च्याम्पियनसिपमा स्वर्णपदक जितेकी हुन् । गत शनिबार ढाकामा भएको ४५ केजी तौलसमूहमा दिनिशाले फाइनलमा भारतीय खेलाडीलाई ४–१ पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् । दिनिशाले पहिलो चरणमा स्थानीय खेलाडीलाई, सेमीफाइनलमा सिंगापुरकी खेलाडीलाई र फाइनलमा भारतीय खेलाडीलाई हराएकी हुन् । त्रिज्योति उच्चमावि कपनमा ७ कक्षामा अध्ययनरत १२ वर्षीया दिनिशाले पहिलो अन्तर्राष्ट्रिय सहभागीतामै स्वर्णपदक जितेपछि खेलाडीकै रुपमा अगाडि बढ्ने हौसला मिलेको बताएकी छिन् ।
दिनिशा कराँते प्रशिक्षक एवं एसियाली कराँते महासंघका अम्पायर दीपक लामाकी छोरी हुन् । दीपकले हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा अम्पायरको भूमिका निर्वाह गरेका थिए । दीपकले छोरीले हासिल गरेको सफलतामा खुशी व्यक्त गरेका छन् । उनले छोरीलाई अझ बढी मेहनत गराएर राष्ट्रिय खेलाडी बनाउने लक्ष्य राखेको बताएका छन् ।
दिनिशासंगै पाँच जना खेलाडीहरु ढाका गएकामा काता र कुमुतेमा गरी छ स्वर्ण पदक र एक रजत गरी सात पदक लिएर नेपाल फर्किएको हो । चार टिम सहभागी प्रतियोगितामा नेपाल तेस्रो भएको छ । आयोजक बंगलादेशका एक सय, सिंगापुरका ४ र भारतका १७० खेलाडी सहभागी रहेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु