दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र आफैमा समाजको दर्शन हो निर्देशक सुमन घिमिरे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष १२ गते, शनिबार १४:०९

काठमाडौ । २९ बर्षिय सुमन घिमिरे जो आठ बर्षको उमेर देखि नै बाल कलाकारको रुपमा अभिनय यात्रा प्रारम्भ गरेका थिए। उनले दुई दशक देखि निरन्तर नेपाली सिनेमा क्षेत्रमा काम सक्रिय छन् । उनको यो क्षेत्रमा यात्रा सजिलो थिएन उनले लाईट मैन देखि लेखन,गित निर्देशन छायांकन आदि गर्दै आज एउटा आशा लाग्दो निर्देशकको रुपमा उदाउदै छन् ।उनले एक दर्जन भन्दा बढी चलचित्रमा अभिनय समेत गरिसकेका छन् । राधे जस्तो सार्वधिक हिट चलचित्रमा सहायक निर्देशकको रुपमा काम गरिसकेका घिमिरे कथा लेखन पनि पोख्त छन् ।

उनको कथामा रोमियो नामक ठुलो पर्दाको चलचित्र समेत निर्माण भइसकेको छ। उनले ´रघुपति राघव राजा राम`जस्ता टेलिसिरियल समेत निर्देशन गरिसकेका छन् । उनले दर्जनभन्दा बढि गित समेत निर्देशन गरिसकेका छन्। संघर्षले सफलता दिलाउछ भन्ने भनाइलाई घिमिरेको जिवनमा याथर्त सावित भएको छ। घिमिरेको सपना चलचित्र निर्माण मात्र होईन उनले नेपाली चलचित्र लाई अन्तर्राष्ट्रियकरण गर्न चाहन्छन् ।

घिमिरेले नै निर्देशक एवम् निर्माण गरेको चलचित्र ´साथ साथ` छिटै नेपाली दर्शक माझ लिएर आउदैछन्। लाइन प्रडियुसर नेपालको बैनरमा निर्माण भएको यस चलचित्रमा सुशील पोख्रेलको कथा रहेको छ भने कार्यकारी निर्माता जगदिश्वर थापा हुन् ।
चलचित्रमा को को कलाकार छन् भनेर सोध्दा घिमिरेले खुलाउन चाहेनन् । उनले भने हामिले कुनै चलचित्र बनाएको होइनौं ! हामीले अहिलेको युवा पुस्ता र शहरको कथा लाई पस्केका छौ । यसलाई म चलचित्र नै हो भनेर दर्शक माझ व्याख्या गर्दिन हल्ला पनि गर्दिन किन कि यो चलचित्र भन्दा पनि वास्तविकता हो । यसमा अभिनय गर्ने पात्र यहीँ शहर र पुस्ता हुन् यहीँ कथा हो मेरो चलचित्र ´साथ साथ`, मैले निर्माण र निर्देशन गर्ने चलचित्रले व्यवसायीक भन्दा बिचार र समाजको कथा बोकेको हुनुपर्छ। चलचित्र पनि आफैमा समाजको लागि एउटा दर्शन हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु