दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साधना लघुबित्त बित्तीय संस्था लि.कोे तेस्रो वार्षिक साधरण सभा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष १३ गते, आईतवार ७:५१

गोरखा । साधना लघुबित्त बित्तीय संस्था लि.कोे तेस्रो वार्षिक साधरण सभा सम्पन्न भएको छ । संस्थाले कृष्ण ब थापाको अध्यक्षतामा होटल बिसौनी गोरखामा शनिवार सम्पन्न गरेको हो ।
सभामा संस्थाले जारी पुजीको ३२.५ प्रतिशत अर्थात ७०७८०० कित्ता शेयर सर्बसाधारणका लागी IPO जारी गर्ने र IPO पश्चात बित्तीय संस्थाको चुक्ता पुँजी रु २१,७७,८०,००० पुगि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर पनि जारी गर्ने बिशेष प्रस्ताब समेत पारित गरेको छ । यसका साथै संस्थाले भबिष्यमा अन्य कुनै लघुबित्त बित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) मा जान आवश्यक सहमती सम्झौता गर्ने लगायत प्रचलित नियम, कानूनअनुसार बित्तीय संस्थाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले २०७६/०८/११ गतेबाट राष्ट्रियस्तरमा स्तरोन्नती भएको यस बित्तीय संस्था सरल, सहज तथा उत्कृष्ठ बित्तीय सेबा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो । हाल यस बित्तीय संस्थाले ४७ बटा शाखा कार्यालय मार्फत करिब ४१ हजार घरधुरीलाई बित्तीय सेवा प्रदान गर्दे आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु