तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पर्बत सेवा समाज यूएईको बनभोज कार्यक्रम सम्पन्न”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष १३ गते, आईतवार ८:०१

सचिन्द्र श्रेष्ठ,यूएई, दुबई
पर्बत सेवा समाज यूएई ले अंग्रेजी नयाँ बर्ष २०२० को अवसर पारेर शुक्रवार दुबई स्थित मुशरिफ पार्क मा भब्यताका साथ बनभोज तथा सास्कृतिक कार्यक्रम सम्पन्न गर्यो।
एक आपसमा समझदारी, भाईचारा साथै बसन्त ऋतुको आगमनमा हर्ष उल्लास सदैब कायम रहोस् ,नया बर्षको शुभकामना साटासाट ,वन्धुत्व भावना कायम प्रगाढ होस् भन्ने उद्देश्यका साथ पारिवारिक जमघट ,भेटघाट हुने भएकोले बनभोजको आयोजना गरिएको समाजका अध्यक्ष सरोज जी सी ले जानकारी दिनु भयो।
उक्त बनभोज कार्यक्रममा आदर्श कास्की समाज,स्याङ्जा समाज,ब्यापारी ,बिभिन्न तह तप्काका बिसिस्ट ब्यक्तित्व ,पत्रकार साथै स्थानीय कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो।
बिगतमा पर्बत जिल्लालाई बिभिन्न राहत, सिप मूलक तालिम,आर्थिक,सास्कृतिक सहयोग गर्दै गरेको र आगामी दिनमा अझै पर्बत जिल्लालाई पर्यटन मार्फ़त देश बिदेसमा चिनाउन सो समाज ले अग्रणी भूमिका खेल्नु पर्नेमा समाज का पूर्ब अध्यक्ष राजेन्द्र अधिकारीले बताउनु भयो।
सास्कृतिक कार्यक्रम नाचगान, रमाइलो खेल,मिष्ठान्न परिकारका साथ कार्यक्रम सम्पन्न गरिएको समाज को कार्यक्रम मात्र नरहि अहिले यूएई का बिभिन्न सहरमा संघ, सस्था, क्लबले बनभोज को आयोजना गर्ने लहर नै छाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु