दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सीसीआरसीको ह्याट्रिक उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष १३ गते, आईतवार १८:१२

काठमाडौं ।
सीसीआरसी चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगितामा आइतबार च्याम्पियन बनेको छ । सीसीआरसी लगातार तेश्रोपटक च्याम्पियन बनेको हो । सुरुको संस्करणमा पनि सीसीआरसी फाइनलमा पुगेको थियो । त्यसमा भने सीसीआरसी चुक्यो । चारै संस्करणको फाइनल खेल्ने सीसीआरसी एक्लो टिम हो ।
बुद्धनगरस्थित रोजबड स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सीसीआरसीले टाइम्स इन्टरनेसनललाई ६२–५७ ले पराजित ग¥यो । सीसीआरसीका बुद्ध रोकाले १९ अंक जोडे । टाइम्सका पेम्बा शेर्पाले २६ स्कोर गरेपनि जितका लागि पर्याप्त भएन ।
सीसीआरसीले पहिलो क्वाटरमा १९–१७ को अग्रता लियो भने दोश्रो ९–९ को बराबरीमा सकियो । तेश्रो क्वाटर १७–१३ ले सीसीआरसीकै पक्षमा रह्यो । चौथो क्वाटरमा टाइम्स १८–१७ को झीनो अन्तरले अगाडि रह्यो । प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु