
काठमाडौं । कामना अवार्डको पाँचौं संस्करण सम्पन्न भएको छ । सिजि ईन्टरटेन्मेन्टले प्रस्तुत गरेको कामना अवार्ड २०७६ राजधानीमा भव्य समारोह बीच सम्पन्न गरिएको हो । समारोहमा पर्दामा लगतार योगदान दिदै आईरहनुभएका बरिष्ठ कलाकार नीर विक्रम शाह र पर्दा पछाडी निरन्तर योगदान दिदै आईरहनुभएका सन्तु तामाङलाई लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
अवार्ड समारोहमा पुराना कालजयी गीत संगीतको प्रस्तुतीहरु रहेको थियो । शुशिल पौडेलद्धारा लिखित फिल्मले पटकथा सहित सहित फिल्म, निर्देशक र नायक नायिकाको अवार्ड समेत हात पारेका छन् । विपिन कार्की र नम्रता श्रेष्ठ उत्कृष्ट नायक नायिका घोषित भएका हुन् । यस्तै पब्लिक च्वाईस अवार्डमा भन्ने स्वस्तिमा खड्का उत्कृष्ट भईन् ।
यता फिल्म हरीले जुरी अवार्ड प्राप्त गर्दा नव नायिकामा फिल्म ए मेरो हजुर ३ बाट सुहाना थापाले अवार्ड पाईन् । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिनीकाजी महर्जन, प्रहरी प्रमूख सर्वेन्द्र खनाल लगायतको उपस्थिती रहेको थियो ।
राजेश हमालदेखि भुवन केसी र मिथिल्ला शर्मा, गौरी मल्ल देखि करिश्मा मानन्धर, झरना थापा हुदै सुहाना थापा सम्मको उपस्थिती अवार्ड समारोहमा रहेको थियो । यस्तै शम्भुजित बाँस्कोटादेखि नीर शाह सम्मका दर्जन विशिष्ट कलाकर्मीहरुको उपस्थिती विशेष थियो । कार्यक्रममा कोरियोग्राफर कविराज गहतराज, नरेश वीर सिंहदेखि पल शाह र पुजा शर्मासम्मले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।
अवार्ड विजेताहरु :
फिल्म : प्रसाद
निर्देशक : दिनेश राउत, प्रसाद
नायक : बिपिन कार्की, प्रसाद
नायीका : नम्रता श्रेष्ठ, प्रसाद
कामना पब्लिक च्वाईस अवार्ड : स्वस्तिमा खड्का
सह अभिनेता : दयाहाङ्ग राई, साइँली
सह अभिनेत्री : प्रियंका कार्की, नाई नभनु ल ५
डेब्यु नायक : उमेश थापा, बोवी
डेब्यु नायिका : सुहाना थापा, ए मेरो हजुर ३
सिजी क्रिटिक्स अवार्ड थिएटर : सिर्जना सुब्बा
सिजी क्रिटिक्स अवार्ड फेशन : ज्ञानी शोभा तुलाधार
सिजी क्रिटिक्स अवार्ड संगीत : न्ह्यु बज्राचार्य
कामना जुरी अवार्ड : हरी
कथाकार : खगेन्द्र लामिछाने, डमरुको डण्डीबियो
डेब्यु निर्देशक : छेतेन गुरुङ्ग, डमरुको
खलपात्र : प्रमोढ अग्रहरी, कथा काठमाण्डु
सम्पादक : निमेष श्रेष्ठ, डमरुको डण्डीबियो
पटकथा : शुशिल पौडेल, प्रसाद
संवाद : दीपकराज गिरी, छक्का पञ्जा ३
हाँस्य कलाकार : केदार घिमिरे, छक्का पञ्जा ३
बाल कलाकार : सेड्रिना शर्मा, नाई नभनू ल ५
कोरियोग्राफर : कविराज गहतराज, छक्का पञ्जा ३
द्वन्द्व निर्देशक : शुक्रराज शाह, भिलेन
पाश्व्व संगीत : एलिश कार्की, डमरुको डण्डीबियो
संगीतकार : बसन्त सापकोटा, नाई नभनु ल ५
गीतकार : दिनेश थपलिया, तिम्रो आँखामा, नाई नभन्नु ल ५
गायक : हेमन्त रानामगर, साईली
गायिका : अञ्जु पन्त, सँगसँगै, बाँध मायाले
सिनेमाटोग्राफर : पुरुषोत्तम प्रधान, नाई नभन्नु ल ५
ध्वनी मिश्रण : सुनयमान श्रेष्ठ, छक्का पञ्जा ३
श्रङ्गार : श्याम लामा, चक्कर
लाईफटाईम एचिभमेन्ट अवार्ड कला : नीर बिक्रम शाह
लाईफटाईम एचिभमेन्ट अवार्ड प्राविधिक : सन्तु तामाङ
पुस्करलाल मिडिया अवार्ड आर के मानन्धर (अध्यक्ष, ईमेज ग्रुप अफ कम्पनी)
फिल्मी फण्डाबाट


