तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

राष्ट्रिय परिचयपत्र वितरण चालू आवमै सकिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष २० गते, आईतवार २२:३६

भद्रपुर–राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाडौँको आयोजनामा ‘राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी’ आइतबार चन्द्रगढीमा जनप्रतिनिधि र सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । झापाका १५ स्थानीय तहका प्रत्येक वडामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र वितरणका लागि टोली पठाउने बारेमा अन्तरक्रिया गरिएको हो । नागरिकता लिएका हरेक नागरिकको सुविधाका लागि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहमा आगामी माघ दोस्रो सातादेखि टोली खटाउने प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

उनका अनुसार चालु आर्थिक बर्षको साउनदेखि नै झापामा परिचय पत्रको विवरण दर्ता शुरु भए पनि हालसम्ममा ११ हजारले मात्र दर्ता गरेका र एक हजारले परिचय पत्र लिइसकेका छन् । यही आर्थिक वर्षमा जिल्लाबाट परिचयपत्र वितरण कार्य सक्ने गरी काम गर्नका लागि १५ स्थानीय तहका १६४ स्थानमा व्यवस्थापन कक्ष राखेर काम शुरु गरिने प्रजिअ मगरले बताए ।

कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाडौँका निर्देशक चोमेन्द्र न्यौपानेले व्यक्तिगत दर्ता विवरण लिने बारेमा वडाध्यक्षलाई जानकारी गराएका थिए । उनले सरकारी, गैरसरकारी निकाय, बैंकहरू, टेलिकम, व्यावसायिक सेवा प्रदायक संस्थाले प्रयोग गर्ने रजिष्ट्रेसन फारम र फारम डिजिटाइज्ड गर्न यसले मद्दत पुु¥याउनुका साथै दोहोरो सेवा सुविधा लिने, भूmठा विवरण पेश गर्ने, सेवा सुविधाको दुरुपयोग गर्ने जस्ता कार्य नियन्त्रित भई लक्षित वर्ग समुदाय एवं आम नागरिकले राज्य प्रदत्त सुविधाबाट प्रत्यक्ष लाभ लिन सक्ने सरकारको नीति रहेको बताए । उनले केन्द्रीय कार्यालयमा हाल दैनिक एक घण्टामा ५०० प्रति कार्ड छपाइ भइरहेको जानकारी दिँदै त्यसलाई तत्काल बढाएर दुई हजार पु¥याउने तयारी भइरहेको बताए । जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले यो अभियानलाई सफल पार्नका लागि सबै स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई दत्तचित्त भएर लाग्न अनुरोध गरे । उनले परिचयपत्रलाई केन्द्रीय पञ्जीकरण विभागमा छपाउने भन्दा पनि छिटोछरितो सेवा प्रवाहका लागि प्रत्येक जिल्ला प्रशासन कार्यालयबाट नै छपाउने कार्यको थालनी गर्न सुझाव दिए ।

Source: Janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु