साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

अपाङ्गता क्षेत्रमा विशिष्ट योगदान गरेका यादवलाई भारतमा उच्च सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ६ गते, आईतवार ११:१२

काठमाडोै-शारिरीक रुपले अपाङ्गता भएतापनि मन, वचन र कर्मले तत्तचित्त भई समाजमा रहेका अपाङ्गता भएका व्यक्तिहरु र अनाथ वालवालिकाको लागि सदेव उनीहरुको सेवामा समर्पित रही जिल्ला स्थाई घर भै विगत १० वर्ष देखि उनीहरुलाई समाजमा स्थापित गराउने देखि लिएर विभिन्न स्वरोजगारमूलक तालिमहरु संचालन गर्दै आउनुभएको छ । त्यसैगरी विभिन्न विद्यालयहरमा अध्ययनरत वालवालिकाहरुको भविष्य उजज्वल पार्नका लागि विभिन्न किसिमका सहयोगहरु प्नि उपलब्ध गराउँदै आउनुभएको छ ।

काठमाण्डौ तिलगंगा –९, स्थित “अपाङ्ग अनाथ बाल सचेतना नेपाल” नामक गैरसरकारी संस्थाका संस्थापक अध्यक्ष सन्तोष यादवलाई उहाँको योगदानको कदर गर्दै भारतको इलाहावादमा विशेष समारोह विच अपाङ्गता स्वाभिमान अर्थात विकलाङ्ग जनस्वाभिमान सम्मान समारोह २०१८ घोषित गरियो । सो सम्मान कार्यक्रममा भारतिय सांसदहरु उच्च सरकारी अधिकारी इलाहावाद जिल्लाका प्रमुख जिल्ला अधिकारी पत्रकार, विभिन्न देशका समाजसेवी सामाजिक अगुवा राजनीतिक दलका वरिष्ठ नेता स्वराज विकलाङ्ग सेवा समिति इलाहावादका अध्यक्ष व्यारेलाल यादव, सचिव श्रीनारायण यादव लगायत विशिष्ट व्यक्तिबाट अध्यक्ष श्री सन्तोष यादव सम्मानित हुनु भएको छ ।

उहाँको जन्म २०३४ साल कार्तिक २२ गतेका दिन वुबा रामप्रित यादव आमा सकुन्तला देवी यादवको कोखबाट किसनपुर –५ सर्लाही जिल्लास्थित गरिव परिवारमा जन्मिनु भएका यादवको ३ वर्षको उमेरमा पोलियो रोगको कारण दुवै खुट्टा नचल्ने अवस्था भयो । त्यसपछि काठमाण्डौ जोरपाटी अपाङ्ग अस्पतालमा उपचार गरी केही ठिक भए पनि पूर्ण रुपमा ठिक नभएको कारण उहाँको जिवन दुःखमा नै वितिरहेको र उहाँले गलैंचा कारखानामा काम गर्दै अध्ययन गर्दै गर्दा जर्मनी दुतावासको कर्मचारी अनिता शेर्पाले बुद्ध एकेडेमी जोरपाटीमा नयाँ भर्ना गरिदिनु भयो । अध्ययन १० कक्षा सम्म गर्नुभएका यादवले सिलाई कटाईमा डिप्लोमा पास गर्नुभएको छ ।

त्यो भन्दा पनि माथि राज्यले गर्न नसकेको अपाङ्गता भएका त्यसमा पनि सुस्त मनस्थितिका १० जना वालवालिकालाई शिक्षा दिक्षा दिइँदै आउनु भएको छ । भने ३५ जना लाई वाल वालिका नियमित सरकारी विद्यालयमा अध्ययन गर्ने गरिवका छोराछोरीलाई नियमित छात्रवृति दिइरहनु भएको छ । उहाँले धनले मात्र होइन हृदयदेखि समाजसेवा गरेको कारण सो सम्मान प्राप्त गर्नु भएको हो ।उहाँले पाएको सम्मान गरिव पिछडिएका अपाङ्ग ता भएका व्यक्तिहरुले प्राप्त गरेको सम्मान हो । यसको मुख्य कारण उहाँले गर्नु भएको समाज सेवाको प्रतिफल हो ।

र उहाँले योे सम्मान गर्ने संस्था प्रति धेरै धेरै धन्यवाद ज्ञापन गर्नु भएको छ । र नेपालमा सहयोग दाता सहयोगी मनकारी सम्पूर्ण प्रति धन्यवाद व्यक्त गर्नु भएको छ । आजभोलि राम्रो कार्य गर्न खोज्दा खुट्टा काट्ने धेरै सहयोगको नाममा स्वार्थ पुर्ति गर्न आउने धेरै अपाङ्गलाई देखाएर सपाङ्गले आफ्नो पेट भर्ने जस्ता कार्यले उहाँ दुःखी हुनुहुन्छ । समाज परिवर्तन गर्नु छ भने आफैंबाट सुरु गर्न उहाँ सुझाव दिनुहुन्छ । उहाँ एक असल समाजसेवी, असल अभिभावक, असल नेतृत्वकर्ता हुनुहुन्छ र त्यहि कारणले आज “अपाङ्ग अनाथ वाल सचेतना नेपाल” अगाडी राम्ररी बढेको छ ।

यसै संस्थाको अधिनमा नयाँवस्ति–६, जोरपाटीमा “ॐ ज्ञान मन्दिर” नामको दिवा अपाङ्ग केन्द्र (Day Care Center) स्थापना गरी अपाङ्गता भएका वालवालिकाहरुलाई सेवा प्रदान गरिरहेको छ । धापाखेल, ललितपुरमा अवस्थित Celebral Palsy का कार्यकारी अधिकृत श्री विमल लाल श्रेष्ठद्वारा यस संस्थालाई Physio Therapist र Physio Therapy का लागि चाहिने सामानहरु उपलब्ध गराई सहयोग गरिरहनुभएको छ । यस संस्थाले निकट भविष्यमै अपाङ्गता भएका व्यक्तिहरुका लागि आश्रम (Residential Home) संचालन गर्दैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु