दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सन्तोष केसी नेपाल ट्रेड युनियन महासंघको तेर्सो युबा सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ६ गते, आईतवार २१:२०

रुपन्देही – नेपाल ट्रेड युनियन महासंघ ‘जिफन्ट’ को तेर्सो युबा सम्मेलन सम्पन्न भएको छ । तेस्तै प्रमुख अतिथि बिष्णु रिमाल रहनु भएको कार्यक्रममा, बिष्णु लम्सालको अध्यक्षतामा बन्द सत्र कार्यक्रम संचालन गरि राजधानीमा सम्पन्न भएको सम्मेलनले ४ बर्षको लागि सन्तोष पुडाशैनीको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय युवा कमिटी सर्वसम्मत चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा सन्तोष केसी, सचिवमा कविता महत, सह–सचिव राजन निरौलालाई चयन गरेको छ ।

त्यस्तै प्रदेश तर्फ केन्द्रीय सदस्यमा प्रदेश नम्बर ६ बाट अजय बर्मालाई केन्द्रीय सदस्यमा चयन भएका छन् । प्रदेश नम्बर २, ४, ५ र ७ मा क्रमशः सजय पोल, कविता नेपाली, शर्मिला थापा र डम्बर दियाकोटी चयन भएका छन् । तेस्तै कार्यक्रमको संचालन युवा कमिटी सचीव भोजन कोइरालाले गर्नु भएको थियो , उक्त अधिबेशन युवा कमिटी उपाध्यक्ष निलम ढुङगेलले स्वागत मन्तव्य , राष्ट्रिय कमिटीका सदस्य तथा बुटवल उप महानगरपालिका उपमेयर गोमा देवि आचार्यले शुभकामना मन्तव्य दिनु भएको थियो ।

उपाध्यक्षयमा निर्वाचित भए पछि सन्तोष केसिले अफुलाइ निर्वाचित गराउन महत्त्वपूर्ण भुमिका खेल्ने सबैलाई धन्यवाद दिनु भयो । प्रत्यक्ष ,अप्रत्यक्ष सहयोग गर्नलाई पनि धन्यवाद दिनु भयो । तेस्तै उहाले आफूले पाएको जिम्मेवारी कुसलतापुर्बक निभाउने बताउनु भयो । सन्तोष केसिले युवाहरुको संस्था रहेको हुँदा आफुले युवाहरूको लागि केही गरेर देखाउने बताउनु भयो । उहाले सहि र गलत छुटयाउदै काम गर्न बताउनु भयो । तेस्तै अब श्रमिक क्षेत्रमा रहेका सम्पुर्ण युबा हरुलाई ट्रेड युनियनमा आवद्ध गराउनु अबको निर्वाचित युबा कमिटीको प्रमुख लक्ष्य हुने उपाध्यक्ष सन्तोष केसिले बताउनु भयो ।

Sorce:newsparda.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु