दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेप्से परिसुचक १८ दशमलब २६ अंकले बढेर १ हजार २ सय दशमलब ६९ अंकमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष २१ गते, सोमबार १८:२५

काठमाडौं । अघिल्लो दिन दोहोरो अंकको सुधार आएको सेयर बजारले सोमबार पनि त्यसलाई निरन्तरता दिएको छ । सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १८ दशमलब २६ अंकले बढेर १ हजार २ सय दशमलब ६९ अंकमा पुगेको हो ।

नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स पनि ४ दशमलब ९३ अंकले बढेर २ सय ६० दशमलब ६७ अंकमा पुगेको छ । यस दिन बजारमा १ सय ७८ कम्पनीका २६ लाख ८३ हजार ६ सय १० कित्ता सेयर ८४ करोड २५ लाख ८२ हजार १ सय ५० रुपैयाँमा कारोबार भए ।

सोमबार बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसुचकमध्ये एघार सुचक उकालो लागे भने ट्रडिङ समूह ओरालो लाग्यो । आज बजारमा एनआईसी एसिया बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ८ करोड ४७ लाख ४२ हजार ३३ रुपैयाँमा कारोबार भएको हो ।

यस दिन ओमी माइक्रो फाइनान्सका लगानीकर्ताले सर्वाधिक नौ दशमलव ९३ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, नेको इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक ४ दमलब ९४ प्रतिशत सेयर मूल्य गुमाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु