तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अभिनेत्री रेखा थापा सौगात मल्ल र दयाहाङ राई लिएर नयाँ फिल्म बनाउदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ १ गते, बुधबार २१:५१

काठमाडौ –केही समय फिल्म निर्माणमा सुस्ताएकी अभिनेत्री रेखा थापा नयाँ फिल्म निर्माणमा जुटेकी छन् । अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राई लिएर उनले नयाँ फिल्म निर्माण गर्न लागेकी हुन् । माघे संक्रान्तिको अवसर पारेर रेखाले सौगात मल्ल र दयाहाङ राईसँग नयाँ फिल्मका लागि टिमअप भएको खुलाएकी हुन् । रेखा फिल्मस्को छैटौं प्रस्तुति रहने फिल्ममा सविर श्रेष्ठको निर्देशन रहनेछ । बैशाखबाट फ्लोरमा जाने फिल्मको नाम भने जुर्न बाँकी छ ।
यसअघि रेखाले रेनशा वान्तवा राई निर्देशन लिएर नयाँ फिल्म घोषणा गरेकी थिइन् । तर, रेनशा आफ्नो होम प्रोडक्सनको फिल्म ‘आइ एम ट्वान्टिवान’मा व्यस्त रहेकोले त्यो अगाडि बढ्न सकेन । त्यसैले उनले यो फिल्म निर्माण अगाडि बढाउन लागेकी हुन् । केही पहिले ‘मालिका’ फिल्म बनाएकी सौगात र दयाहाङसँग गर्न लागेको फिल्म पनि नारी प्रधान हुने बताइन् ।
रेखाको नयाज् फिल्मको कथा जगदिश्वर थापाले लेखिरहेका छन् । फिल्मको लाइनअप बलियो बनाउन रेखाले सौगात र दयाहाङ लिन लागेका हुन् । कथावस्तुले नै दयाहाङ र सौगात मागेको रेअखाको भनाई रहेको छ । यस अगाडि रेखाले दयाहाङसँग फिल्म ‘नीरफूल’मा काम गरेकी छन् । दयाहाङ र सौगातले भने रेखाको फिल्म खेल्ने बिषयमा आधिकारीक धारणा सार्वजनिक गरेका छैनन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु