दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अमेरिकी सहयोग एमसीसीको कडा विरोध

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २ गते, बिहीबार २०:०९

काठमाडौं, २ माघ । सत्य विश्वभूमि पार्टी नेपालले पनि अमेरिकी सहयोग एमसीसीको कडा विरोध गरेको छ। बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले एमसीसीको सहयोग स्विकार गर्नु भनेको नेपाललाई विदेशीको कब्जामा पार्नु हो भन्ने तर्क गरेको हो ।
पार्टीका अध्यक्ष होम बहादुर कार्कीले नेपाल (देवभूमी) ३३ कोटी देवताको स्वर्गभूमी भएको बताउँदै नेपालमा विकास र सहयोगको नाममा अमेरिकी साम्राज्यवाद लाद्न नदिने घोषणा गरेका हुन् । उनले भने,‘अहिले अमेरिकाले एमसीसीको नाममा नेपाललाई कब्जा गर्ने रणनीति अघि सारेको छ, यसको पछाडि म अमेरिकालाई भन्दापनि नेपालकै भरौटे नेताहरुलाई दोष दिन चाहन्छु । उनीहरुकै कारणबाट विदेशी शक्ति राष्ट्रहरुले हाम्रो देशलाई यति सजिलै सिध्याउने रणनीति लिएको भान हुन्छ ।’ नेपालकै नेताहरुका कारण विदेशीले नेपालमा रक्तपातको होली खेल्न खोजेको कार्कीको गम्भिर आरोप छ ।

उनले आफू विश्वभक्त भएको नाताले आजभन्दा तीन वर्ष अघि नै अमेरिकी साम्राज्यवादले नेपालजस्तो देवभूमीलाई कब्जा गर्न खोजेको छ भनेर दाबाका साथ खतरा औंल्याएको पनि स्मरण गराए । उनले भने,‘हाम्रो देवभूमीलाई विदेशीको चंगुलमा पार्नबाट जोगाउनको लागि मैले देशका प्रायः सबै शक्ति पीठहरुमा गएर देवी माता तथा पिताहरुलाई खुशी बनाउने काम गरेको पनि यहाँहरुसमक्ष जानकारी गराउन चाहन्छु ।’ उनले आफूले देशमा शान्तिको फूल फुलोस भनेर आराधनापनि गरिरहेको जनाए ।

उनले नेपालस्थित् सबै विदेशी नियोग र दुतावासहरु बन्द गर्नुपर्ने पनि माग अघि सारेका छन् । उनले यही माघ २१ गतेभित्रै नेपालमा भएका सबै विदेशी नियोग तथा दुतावासहरु बन्द नगरे आफूले माघ २१ गते नै नेपाल बन्द गर्ने पनि घोषणा गरे । उनले आफू देशभक्त भएको सुनाउँदै विद्यमान ठूला राजनीतिक दल र सरकार पक्षका मानवहरुले हस्तक्षेप गर्न खोजेको पनि आरोप लगाए ।

अध्यक्ष कार्कीले आफू देवभक्त भएकोले ३३ कोटी देवीदेवतासँग आह्वान गरेर देवलोकलाई अशान्ति होईन फूलको थुंगाजस्तै बनाईदिनुहोस भन्दै हिँडेको पनि सुनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु