दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

युएई बस दुर्घटनामा १६ नेपाली घाइते, तीमध्ये तीनजनाको अवस्था चिन्ताजनक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ ३ गते, शुक्रबार ९:४९

काठमाडौं –संयुक्त अरब इमिरेट्समा १८ जना नेपाल सवार मिनिबस दुर्घटना भएको छ । अबुधाबीको अल रह सडक अन्तर्गत स्थानीय समय अनुसार बिहीबार बिहान ५स्३० बजे दुर्घटना भएको हो । दुर्घटनामा १६ जना नेपाली घाइते भएको र तीमध्ये तीनजनाको अवस्था चिन्ताजनक भएकोले आइसियुमा राखिएको युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिएका छन् । राजदूत ढकालका अनुसार दूतावासले घाइतेको उपचारका लागि आवश्यक सबै प्रक्रियामा सहयोग गरिरहेको समेत जानकारी गराए ।
यूएईस्थित नेपाल दूतावासका अनुसार २४ जना सवार मिनिबसमा १८ जना नेपाली थिए । जसमा पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । उनीहरु कुन मुलुकका हुन् भन्ने खुल्न सकेको छैन । राजदूत कृष्णप्रसाद ढकाल र अन्य उच्च नेपाली अधिकारीहरु घाइते नेपालहरु भर्ना भएका माफराक र अन्य अस्पतालमा पुगेका छन् । दूतावासले भनेको छ, ‘हामी ती कामदार भएको कम्पनीको सम्पर्कमा छौं । विस्तृत विवरण प्राप्त गर्ने्वित्तिकै सार्वजनिक गर्नेछौं ।’ गल्फ न्यूजका अनुसार लरीसँग ठोक्किँदा दुर्घटना भएको मिनबसमा सवार ६ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु