दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ऋणमा डुबेर आत्महत्या रोजेको बयान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ ३ गते, शुक्रबार १२:२५

धादिङ, ३ माघ । पत्नी र दुई छोरासहित त्रिशुली नदीमा हामफालेका विनय लामिछानेले ऋणमा डुबेर आत्महत्या रोजेको बयान दिएका छन् । धादिङ प्रहरीका अनुसार उनीसँगको बयान र प्रारम्भिक अनुसन्धानबाट ऋणमा डुबेर आत्महत्या रोजेको खुलेको हो ।

लामिछानेको थानकोटस्थित घरमा समेत सुसाइड नोट फेला परेको छ । प्रहरीले घरमा खानतलासी गर्दा सुसाइड नोट फेला पारेको हो । सुसाइड नोटमा व्यापारमा घाटा भएपछि परिवारसहित आत्महत्या रोज्नुपरेको उल्लेख रहेको प्रहरी स्रोतले बताएको छ ।

बिहिबार साँझ लामिछाने पत्नी जमुना रेग्मी र दुई छोरासँगै धादिङको बेनिघाट रोराङ १ स्थित झोलुंगे पुलबाट हामफरालेका थिए । छोराहरुलाई दुवै दम्पत्तिले च्यापेर एकसाथ फाल हालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । परिवारसहित लामिछाने ससुरालीबाट फर्कंदै थिए । उनको ससुराली गोरखा हो ।

घटनापछि विनय लामिछानेको सकुशल उद्धार गरिएको थियो । पौडी खेल्न जान्ने भएकाले विनय बचेका थिए । उनकी पत्नी जमुना रेग्मीको शव फेला पर्यो । छ महिना र दुई वर्षका छोराहरु भने हराइरहेका छन् । उनीहरुको खोजीकार्य भइरहेको धादिङ प्रहरीले जनाएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ स्थायी घर भएका लामिछाने अनलाइन बिजनेशमा सक्रिय थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु