दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

खड्का र थापा सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ ३ गते, शुक्रबार २१:०४

काठमाडौ ।नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा निर्णायकको भूमिका निर्वाह गरेका तेक्वान्दोका अशोक खड्का र प्रशिक्षक गोल्फका धनबहादुर थापालाई कागेश्वरी मनोहरा नगरपालिकाले शुक्रबार नगदसहित सम्मान गरेको छ ।
सागमा आबद्ध कागेश्वरी मनोहरा नगरपालिकामा बसोवास गर्नेलाई सम्मान गरिएको हो । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दुवैलाई जनही २५ हजार र सम्मान पत्र प्रदान गरी सम्मान गरे । खड्काले ग्योरोगी र पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । सागमा दोहोरो स्वर्ण जित्ने तीन खेल मध्ये एक गोल्फ हो । गोल्फमा सुवास तामाङले दोहोरो स्वर्ण जितेका थिए । सागमा सबै भन्दा बढी स्वर्ण जित्ने खेलाडी भने पौडीकी गौरिका सिंह हुन् । गौरिकाले ४ स्वर्ण जितेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु