
दाङ, ०४ माघ – राष्ट्रिय सभा सदस्यका लागि माघ ०९ गते हुन लागेको निर्वाचनमा नेपाली काङ्रेशको तर्फबाट ०५ नम्बर प्रदेशबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डेले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएका छन् । अभियानका क्रममा पाण्डेले अर्घाखाची, पाल्पा, गुल्मी, बाँके, बर्दिया र दाङ जिल्लाको भ्रमण गरेका छन् । ‘चुनावी अभियानमा साथी भाईको राम्रो सहयोग पाएको छु’ चुनावी अभियानका क्रम प्रदेश दौडाहमा रहेका पाण्डेले प्रतिकृया दिदै भने ।






