दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तामाङ भाषाकाे नयाँ म्युजिक भिडियाे ‘मुग्लान’ बजारमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ ४ गते, शनिबार १९:४७

काठमाडौ ।तामाङ भाषाकाे नयाँ म्युजिक भिडियाे ‘मुग्लान’ बजारमा आएकाे छ । राेजगारकाे शिलशिलामा प्रदेशिएका विवाहित पुरुष र महिलाकाे कथा समेटिएकाे उक्त म्युजिक भिडियाेलाई तामाङ्ग कलाकार संघले बजारमा ल्याएकाे हाे ।

गायक निमा दोङ र गायिका जितु लोप्चनकाे स्वर रहेकाे उक्त म्युजिक भिडियाे शनिबार राजधानिमा एक कार्यक्रमका विच सार्वजनिक गरिएकाे हाे । म्युजिक भिडियाेमा तामाङ चलचित्रमा नायिकाका रूपमा पहिचान कमाउन सफल नायिका राेश्नी ब्लाेन र फूर्व दोर्जे मोक्तानकाे राेमान्स देखाईएकाे छ भने हाँस्यकलाकार कुईसाङ रुम्बाकाे पनि अभिनय रहेको छ ।

गितमार्फत विदेशमा रहदा नेपाली विवाहित नारीले के-कस्ताे समस्या व्यहाेर्नु पर्छ भन्ने वास्तविकता देखाईएकाे छ । गित तामाङ् भाषाकाे भएपनी विदेशिएका विवाहित सबै आम नेपालीकाे सत्य कहानी समेटिएकाले सबैकाे माया पाउनेमा आफु विश्वस्त रहेकाे निर्देशक अमिर दोङले दावी गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु