
काठमाडौँ – सौरभ चौधरी निर्देशित चलचित्र ‘लभ डायरिज’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता सुशील श्रेष्ठ र नव – अभिनेत्री रुविना थापाको प्रेम, रोमान्स र विछोड देखाइएको छ ।
चलचित्रको ट्रेलर साहिल खानले काटेका हुन् । उनी चलचित्रका सह – निर्देशक समेत हुन् ।
प्रेम दिवस अर्थात् फागुन २ गते बाट सार्बजनिक प्रदर्शन हुने चलचित्रमा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । यो चलचित्रमा विनोद सापकोटाको मुख्य लगानी रहेको छ ।
चलचित्रमा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ। भने, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन पोखरेलले संगीत भरेका छन् ।


