
तनहुँ ।नेपाली काँग्रेस ब्यासनगरपालिका -५ को वडा सम्मेलन सम्पन्न भएको छ।
नेपाली पार्टी संगठन परिचालन एब्म् सुदृढीकरण अभियान कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस तनहुँका जिल्ला कार्य समितिका पुर्व सभापति एब्म् पुर्व संधिय सांसद धुर्व वाग्लेले गरे। सम्मेलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वाग्लेले पार्टी भित्र गुटबन्दी र भाईबन्दी तत्कालै अन्तय नभए सम्म पार्टी मजबुत नहुने वताए ।यसैगरी सुदृढीकरण कार्यक्रमको विशिष्ट अतिथि रुपमा रहेका
नेपाली काँग्रेस तनहुँका पुर्व जिल्ला सभापति रघुनाथ पौडेलले आफ्नो पार्टीलाई बलियो बनाउन नेपाली काँग्रेसले टोल टोलबाट संगठन सुदृढीकरण अभियान शुरु गरेको वताए । ईच मेन टिच मेन अभियान हाम्रो पार्टीको अभियानको रुपमा भएको वताउदै प्रत्येक तह र तप्काकामा रहेका काँग्रेसी कार्यकर्ता मा आत्म समीक्षा र आत्मानुशासनको खाँचो जरुरी भएको बताए ।
नेपाल तरुण दलका पुर्व केन्द्रीय सदस्य पुर्ण गुरुङले आफ्नो शुभकामना मन्तब्यका क्रममा बोल्दै पार्टीको लागि अहोरात्र खटिएका कार्यकर्ताहरुको सहि मुल्यांकन नभए सम्म पार्टी बलियो नहुनेमा जोड दिए।
यसैगरी नेपाली काँग्रेसका जिल्ला सचिव विश्व बास्तोलाले प्रत्येक पार्टीका कार्यकर्ताहरुमा आत्मानुशासन, एकता र आत्मियता बलियो हुनु जरुरी रहेको छ उनले भने।
यस्तै नेपाल तरुणदलका जिल्ला अध्यक्ष विरबहादुर थापाले शुभकामना मन्तब्यका क्रममा बोल्दै पार्टीको संगठन कमजोर भएको बर्तमान अबस्थामा पार्टीको केन्द्रीय विभाग तथा सम्पुर्ण भातृ संगठनहरुलाई यथा सक्य चाडै पुर्णता दिन जोडदार माग गरेका थिए।
उक्त कार्यक्रममा नेपाली काँग्रेस ब्यास नगर कार्य समितिका सचिव मोहन कुमार श्रेष्ठले अन्य वडाको तुलनामा ब्यास-५ को संगठन अत्यन्तै मजबुत रहेको बताउदै प्रत्येक तह र तप्कामा युवा शक्ति पार्टीमा हाबी हुन जरुरी भएको बताउदै सचिव श्रेष्ठले पार्टीका भातृ संगठनहरु नेपाल विधार्थी संघ ,नेपाल तरुण दल ,नेपाल महिला सघ ,नेपाल ट्रेड युनियन जस्ता संगठनहरुलाई तल्लो तहदेखि केन्द्रीय तह सम्म बलियो बनाउन प्रत्येक वडादेखिको संगठन अनिवार्य रहेको बताए । कार्यक्रमको सभापतित्व सोही वडाका सभापति यज्ञप्रसाद खनालले गरेका थिए।


