दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेकपाले पद बाँड्नमै समय व्यतित गर्यो : अध्यक्ष जबरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ ७ गते, मंगलवार १७:५६

काठमाडौं, ७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले अग्नि सापकोटा आफ्नो जिल्लाको मान्छे भएकोले सभामुखको कार्यकाल सफल रहोस भन्ने शुभकामना दिएका छन् । उनले भने,‘उहाँ सभामुख भएकोमा म खुशी छु, उहाँ हाम्रै जिल्लाको नेता हो । उहाँलाई बधाई दिन चाहन्छु ।’

एमसिसीको बारेमा अहिले राष्ट्रिय रुपमै चर्चा तथा परिचर्चा भएको सुनाउँदै उनले नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने सुझाव दिए । उनले भने,‘कुनैपनि सहयोग, अनुदान लिँदा हामीले हाम्रो देशको हित र स्वार्थ हेर्नुपर्छ, अहिले चीनबाट सहयोग आएको छ । अमेरिकाले पनि एमसिसीमार्फत सहयोग गर्दैछ । हिन्तूस्तानले पनि सहयोग गर्दै आएको छ । तर, नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र हित हेर्नुपर्छ ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिले महत्वपूर्ण कुरा भनेको मुलुक कता जाँदैछ ? भन्ने नै रहेको सुनाए । उनले थपे,‘अहिलेको सरकारलाई जनताले अत्यन्तै ठूलो मौका दिएका थिए । जनताले यो सरकारलाई भारी बहुमत दिएका थिए । तर, यो दुई वर्ष सरकारले सुवर्ण मौकाको दुरुपयोग गरेको छ ।’ सरकारले यो दुई वर्षमा खास के काम गर्यो त? भनेर हेर्दा मुख्य काम गरेको भन्ने केही पनि नदेखिएको उनको आरोप छ । उनले भने,‘बरु, यो बीचमा भ्रष्टाचार बढेको छ । मलाई त कता कता यो सरकारलाई के भान छ भने हामीसँग बहुमत छ, हामीले जे गरेपनि हुन्छ भन्ने मात चढेको छ ।’

नेकपाले अहिलेसम्मको समय पद बाँड्नमै व्यतित गरिरहेको उनको गम्भिर आरोप छ । उनले भने,‘मुलुकको विकासमा सरकारले ध्यान नै दिएन् । उसले मुलुकको हितमा काम गरेको देखिएन् ।’ उनले सरकार आफैंले यो बीचको अवधि कसरी खेर फालेको छ ? भन्ने कुरा उसले नै राम्रोसँग केलाएर हेर्न सुझाव दिए । उनले भने,‘सरकारले आफूले पाएको भारी बहुमतको सदुपयोग गरेको देखिएकै छैन् ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु