दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

२०७६ को शहीद सप्ताह भव्य रुपले मनाइने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ ८ गते, बुधबार १५:१९

माघ ८, काठमाडौं । यस वर्षको शहीद सप्ताह भव्य रुपले मनाइने भएको छ । शहीद सप्ताह मुल समारोह समितिका संयोजक काठमाडौं महानगपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा बसेको बैठकले आज सो निर्णय गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख शाक्यले शहीदहरुको योगदानलाई समझेर उहाँहरुले देशका लागि कल्पना गरेको समाजको निर्माणको लागि शहीदहरुलाई सम्झनु पर्ने बताउनु भयो । यसैगरी प्रमुख शाक्यले यस पटकको शहीद सप्ताह कार्यक्रममा शहीद धर्मभक्त माथेमा , शहीद दशरथ चन्द र शहीद गंगालाल श्रेष्ठको पुर्ण कदको शालिकको पनि अनावरण गरिने जानकारी दिनु भयो ।
यसैगरी कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्योपानेले शहीद सप्ताहलाई औपचारिकतामा मात्रै सिमित नराखि यस्ता खालका कार्यक्रममा महानगरका कर्मचारी र जनस्तरबाट पनि सहभागि हुनु पर्ने जानकारी दिनु भयो ।
सो शहीद सप्ताह मुल समारोह समितिको बैठकमा गृह मन्त्रालयका सचिव विष्णु पौडेल ,वडा ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोल, वडा १२ का वडाध्यक्ष विकास डंगोल, वडा २६ का वडाध्यक्ष ख्याम तिवारी र वडा नं १५का वडाध्यक्ष तथा काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोल ,काठमाडौं महानगरपालिकाका सह सचिव राजेश्वर ज्ञवाली , महानगरपालिका प्रशासन विभागका प्रमुख नमराज ढकाल , महानगरपालिकाका नगर महानगरपालिका सुचना तथा प्रविधि विभागका महाशाखा प्रमुख युवराज खनाल , नेपाली सेनाका प्रतिनिधि,नेपाल प्रहरीका प्रतिनिधि ,शसस्त्र प्रहरीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा महानगरपालिकाका नगर प्रमुख धनपति सापकोटाले शहीद सप्ताहको कार्यक्रम बारे जानकारी गराउनु भयो ।
शहीद सप्ताहको कार्यक्रम अनुसार पर्सि माघ १० गते शुक्रबार विहान ८ बजे शहीद शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नु भएको स्थान टेकु पचलीमा श्रद्धान्जली अर्पण गर्ने ।

माघ १३ गते सोमबार विहान ८ बजे शहीद धर्मभक्तले अमरत्व प्राप्त गर्नु स्थान सिफलमा श्रद्धान्जली अर्पण गर्ने ।
माघ १५ गते विहान ८ बजे शहीद गंगालाल र दशरथ चनर््दले अमरत्व प्राप्त गर्नु भएको स्थान शोभा भगवतीमा श्रद्धान्जली अर्पण गर्ने र माघ १६ गते विहिवार विहान ८ः३० बजे शान्ति बाटिका रत्नपार्कमा भेला भइ प्रभात फेरी सहित शहीद स्मारक लैनचोर पुगि सम्माननीय प्रधानमन्त्री ज्यूको प्रमुख आतिथ्यमा श्रद्धान्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु