दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नवौं फिजम कप अन्तरविद्यालय फुटबल प्रतियोगिता सोमबारदेखि हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ ८ गते, बुधबार २०:१२

काठमाडौ ।संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) को आयोजनामा नवौं फिजम कप अन्तरविद्यालय फुटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा २१ छात्र टिमको सहभागिता रहने बुधबार पेप्सीकोलास्थित नेपाल तारा स्कुलमा आयोजित पत्रकार सम्मेलनमा फिजमका अध्यक्ष आरबी कट्वालले जानकारी गराए । सहभागी टिमहरुमा मोनास्टिक, भीमेश्वर एकेडेमी, ग्रिनविच, नेक्सस्, न्यु होली क्रस, कम्यक, ग्रामर, नेपाल तारा, हेब्रोन, न्यु भिजन, दीपिका स्कुल, भीभीएम, स्वर्णिम तारा, बेस्ट ग्रुप भिजन, ग्लोबल, माउन्ट सेब, प्रज्ञा, अर्किड, रत्न शिक्षा, अन्नपूर्ण र लाइसियम रहेका छन् ।
नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा हुने छ । गत संस्करणको उपाधि ग्लोबल पब्लिक स्कुलले जितेको थियो । फाइनल माघ २५ गते हुने छ ।
उद्घाटन खेल ग्लोबल र माउन्ट सेबबीच हुने छ । उद्घाटनका अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) सफलतापूर्वक सम्पन्न गरेकोमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललाई सम्मान गर्ने कार्यक्रम पनि रहेको फिजमका सचिव एवं प्रतियोगिता संयोजक देवीप्रसाद डोटेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु