
काठमाडौ । युरोपियन ब्राण्ड रेनोले नयाँ उत्पादन ‘रेनो ट्राइबर’ बुधबार एक समारोहका बीच नेपालमा सार्वजनिक गरेको छ । उक्त गाडीको मूल्य २८ लाख २० हजार रुपियाँ निर्धारण गरिएको छ । रेनो ट्राइबरले बि-सेग्मेन्टका गाडीहरु खरिद गर्न चाहने ग्राहकहरुलाई प्राथमिकतामा राखेको जनाइएको छ । रेनो ट्राइबर विशाल, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने गाडी हो, जसमा आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेशमा विभिन्न आधुनिक र व्यवहारिक विशेषताहरु रहेका छन् । रेनो इन्डिया अपरेशनका कन्ट्री प्रमुख कार्यकारी अधिकृत वेकटशम ममिलापल्लेले नेपालमा उक्त गाडी सार्वजनिक गर्न पाएकोमा खुशी व्यक्त गरे । रेनो ट्राइबर आकर्षक रुपले डिजाइन गरिएको छ । कडा, कम्प्याक्ट, फराकिलो, भर्सटाइल तथा मोड्युलर गाडी हो-उनले भने । त्यसैगरी सार्वजनिक समारोहमा एडभान्स अटोमोबाइल प्रालिका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले नेपालमा रेनो ब्राण्डलाई बिस्तार गर्दै हरेक वर्ष विक्री मात्रा बढाउँखै लैजान प्रष्ट उद्देश्य र रणनीति रहेको बताए । रेनो ट्राइबरले बजार बिस्तारको योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ-उनले भने ।


