दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रुपन्देहीमा बन्दैछ ५० किलाेमिटरकाे तिनाउ दानव करिडोर,४ अर्ब ३४ करोड लागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ ९ गते, बिहीबार १५:१२

बुटवल-रुपन्देहीको बृहत आयोजना मध्येको एक तिनाउ दानव करिडोर निर्माणका लागि साइड क्लियरेन्स गराउन जनप्रतिनिधिले साझा प्रतिबद्धता जनाएका छन् ।

४ अर्ब ३४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।तिनाउ र दानव नदीको दुबैतर्फ बनाइने बाइपास सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भैसकेकाले निर्माणको तयारीका लागि बुटवल उपमहानगरपालिकाको पहलमा सरोकारवालापक्षसंग बुटवलमा छलफल समेत भएको छ ।

योजना संचालन सम्बन्धमा आयोजित छलफल तथा अन्तक्रिया कार्यक्रममा बोल्दै यसक्षेत्रका जनप्रतिनिधिले यो आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।प्रदेश ५ का बन बाताबरण उद्योग तथा पर्यटन मन्त्री लिला गिरिले सबैको साझा आयोजना सम्पन्न गर्न र आयोजना कार्यान्वयनका लागि स्थानीय सरकार बढि जिम्मेबार बन्नुपर्ने बताउछन् ।

सात सय ६ जनाको घर जग्गा ब्यबस्थापन गरिने !

सडक क्षेत्रमा सात सय ६ जनाको घर जग्गा परेकाले उनीहरुलाई स्थानान्तरण,मुआब्जा र क्षतिपुर्तिका लागि सम्बन्धित स्थानीय तहहरुले सहजिकरण गर्नुपर्ने गिरिको भनाइ छ ।
प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले योजनाको दीर्घकालिन अबस्थाका बारेमा पनि अहिले योजना बनाउनुपर्ने बताए ।बुटवल उपमहानगरका प्रमुख शिबराज सुबेदीले अर्बाैको योजनालाइ कुनैपनि हातलमा अघि बढाइने बताए ।

लामो समयसम्म रोकिएको आयोजना रुपन्देहीको गहना भएकाले सबैको सहकार्य जरुरी रहेको उनको भनाइ छ ।तिलोत्तमा नगरप्रमुख बासुदेब घिमिरेले दीर्घकालिन योजनामा साइकल लेन पनि थप्न सुझाब दिए ।

सैनामैना नगर प्रमुख चित्रबहादुर कार्कीले आयोजनाका लागि सबै पक्षको साथ रहने र जनप्रतिनिधिपनि यसबारेमा जानकार रहेको बताए ।५० किलोमिटर बराबरको तिनाउ दानव करिडोर बनाउन प्रति किलोमिटर लागत ८ करोड ७० लाख अनुमान गरिएको छ । करिडोरले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र भारतसम्म जोड्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु