दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अंग्रेजी सिकाउने नाममा नेपाली कमजोर नबनाउः मन्त्री पोखरेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ ९ गते, बिहीबार १५:५२

काठमाडाैं-अंग्रेजी सिकाउने नाममा नेपाली भाषालाई कमजोर नबनाउन शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयका संचालकलाई आग्रह गरेका छन् ।

निजी तथा आवासीय विद्यालयको छाता संगठन (प्याप्सन) र सीटिएफ नेपालको सह-आयोजनामा सुरु भएको दुई दिने ‘विद्यालय शिक्षा’ को राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले निजी विद्यालयमा भएको गलत अभ्यास औल्याएका हुन् ।

मन्त्री पोखरेलले निजी विद्यालयले नेपाली भाषा बेल्ने विद्यार्थीलाई दण्डित गर्ने गरेका आफुलाई सुन्नमा आएको बताए । उनले भने, ‘यस्तो कुरालाई जसरी पनि रोक्नु पर्छ । अंग्रेजी सिकाऊ तर नेपाली कमजोर बनाउन पाइदैन ।’

मन्त्री पोखरेलले कला सांस्कृतिक साहित्यलगायतका पहिचामूलक विषयलाई नेपाली भाषामा पढाउन उपयुक्त हुने बताए । उनले न्यूनतम पुर्वाधार र मापदण्ड नपु-याएका निजी विद्यालयलाई मर्ज गरेर सञ्चालन गर्न सुझाव दिए ।

उपप्रधानमन्त्री तथा रक्षा इश्वर पोखरेलले विद्यालय जानबाट बन्चित भएका बालबालिकालाई विद्यालय पु-याउन र टिकाउन आवश्यक रहेको औल्याए । उपप्रधानमन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न राष्ट्रिय शिक्षा नीति ०७६ लागु भएको जनाउँदै, निजी क्षेत्रका चिन्ता र चासो सम्बोधन हुने बताए ।

सम्मेलनमा विद्यालयहरुले प्रदान गर्ने शिक्षा, प्रस्तुत गर्ने तरिका विद्यालय संचालन गर्दा आइपर्ने समस्या र समाधान विषयमा छलफल हुने प्याप्सनका प्रवक्ता कुमार घिमिरेले बताए  । सम्मेलन माघ १० सम्म चल्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु