
माघ ९, , काठमाडौं । काठमाडौं महानगरपािलकाले आज एक कार्यक्रम बिच काष्ठमण्डप पुननिर्माण समितिलाई पाँच करोडको चेक हस्तान्तरण गरेको छ ।
सो अनुदान काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काष्ठमण्डप समितिका अध्यक्ष तथा बागमती प्रदेशका सभासद राजेश शाक्यलाई हस्तान्तरण गर्नु भयो ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले आफनो बाँकी कार्यकालभित्र काष्ठमण्डपको पुननिर्माण सम्पन्न हुने आशा गर्दै सो कार्यमा आफुलाई सवै वडाध्यक्षहरुको सहयोग रहेको पनि बताउनु भयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्ण गोपाल श्रेष्ठले शुभकामना दिदै २०७२ साल सालको भुकम्प पछि पुरै क्षतिग्रस्त भएको काष्ठमण्डप , धरहरा ढले पनि नेपालीहरुको मन नढलेको र महानगरपालिकाका यही जन प्रतिनिधिहरुको पालामा काष्ठमण्डप पुननिर्माण भई उदघाटन हुने आशा गर्नु भयो ।
कार्यक्रममा बोल्दै काष्ठमण्डप पुननिर्माणका अध्यक्ष राजेश शाक्यले काठमाडौं महानगरपालिकाले शुरुमा पचास लाख दिएर काम शुरु गरिएको कार्यमा आज थप पाँच करोड दिए पछि आफुहरुलाई अब कार्य गर्न अझ सहयोग पुगेको बताउनु भयो ।
कार्यक्रममा प्रदेश सांसद डा. अजय क्रान्ति शाक्य लगायत वडाध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।


