
काठमाडौ । साता नेप्से ४६.१८ अंकले घटेको छ। गत साता नेप्से ५४.५१ अंकले बढ्न पुगेको थियो। अघिल्लो साता पनि नेप्सेमा करिब ४६ अंकको सुधार भएको थियो। लगातार दुई साता उकालो लागेको सेयर बजार यस साता भने ओरालो लागेको छ। दुई साता बढेर यो साता नेप्से घट्नुलाई लगानीकर्ता ‘करेक्सन’ भएको बताउँछन्।
अघिल्ला दुई सातामा नेप्से १००.६ अंकले बढेर १३१०.२३ अंकमा पुगेको थियो।
यो साताको पहिलो दिन आइतबार नेप्से ३३.४३ अंकले उकालो लागेर १३४३.६५ मा पुगेको थियो। तर, त्यसरी बढ्ने क्रमले सोमबार निरन्तरता पाएन। सोमबार २६.५४ अंकले घटेको बजार मंगलबार ३.३६ अंकले बढ्न पुग्यो।


