दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रम थाईलाण्डमा सम्पन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ ११ गते, शनिबार ७:४४

काठमाडौं ११ माघ
नेपालको आदिबासी जनजाति चलचित्रको प्रबद्र्धन गर्ने उदेश्यका आयोजना गरिएको ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रम थाईलाण्डमा सम्पन भएको छ ।

नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि बिश्वकै एक आकर्षक पर्यटकिय गन्तब्य रहेको मुलुक थाईलाण्डमा हुकुम मल्टिमिडिया प्रा. लि ले अवार्ड कार्यक्रमकोे आयोजना गरेको थियो। द सिसन होटल पटैयामा सम्पन्न अवार्ड कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुबारले नेपालको मौलिकपन आदिबासी जनजाति चलचित्रमा रहेको हुदाँ देश बिदेशमा आदिबासी जनजाति चलचित्रलाई प्रबद्र्धन गर्ने यस्ता प्रकृतीको कार्यक्रमहरु आयोजना हुनु आबश्यक रहेको बताएका थिए ।
साथै आदिबासी जनजाति चलचित्रले नेपालको पर्यटन प्रबद्र्धनमा बिशेष योगदान पुर्याउने बिश्वास व्यक्त गरेका थिए।
हुकुम मल्टिमिडिया प्रा.लिको अध्यक्ष डि. बि. बम्जनको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, युरो एसिया ग्योबलको प्रबन्ध निर्देशक सुमन अधिकारी, आदिबासी जनजाति चलचित्र महासंघका महासचिब पुर्खाजित राई लगाएत बिभिन्न क्षेत्रका व्यक्तित्वहरु र चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो ।
ज्योतिराज राई, पुस्कर लामा र छुल्ठिम गुरुङ रहेको निर्णायक समिति बाट छनौट गरिएको उत्कृष्ट चलचित्र खै ओ मिथेबा, उत्कृष्ट निर्देशक चलचित्र भेडी गोठाले बाट गणेश गरुङ (सुबास), उत्कृष्ट अभिनेता चलचित्र देन्बा माया बाट अमिर दोङ, उत्कृष्ट अभिनेत्री चलचित्र छार ग्यालाम बाट सुनिता लुम्बा, उत्कृष्ट खलपात्र चलचित्र ल्हुइ ह्रो बाट ध्रुब सिंह तामाङ, उत्कृट नब अभिनेता चलचित्र मोङा डोङा २ बाट यमन माझी, उत्कृष्ट नब अभिनेत्री चलचित्र यारी बाट ज्योती राई, सह अभिनेता चलचित्र घ्रान बाट राम घिसिङ, उत्कृष्ट सह अभिनेत्री चलचित्र ल्हुई ह्रो बाट सन्च कुमारी तामाङ, उत्कृष्ट नब निर्देशक चलचित्र मारक्यु बाट दिनेश गुरुङ, उत्कृष्ट सम्पादन चलचित्र निप्हुगाल बाट सर्बमान शाक्य, उत्कृष्ट लेखन चलचित्र कर्मक्या बाट शंकर गुरुङ (बतासे) उत्कृष्ट छाँयाङ्कन चलचित्र स्वयनगुः बाट लुःजः सिं, उत्कृष्ट द्धन्द निर्देशक चलचित्र बज्र बाट सुरज श्रेष्ठ, उत्कृष्ट पार्श संगित चलचित्र म्ये क्यु बाट शिब सुनुवार मुखिया र उत्कृष्ट बाल कलाकार चलचित्र क्युई बाट कुङगा छ्योइङ स्याङतान तामाङ लाई अवार्ड प्रदान गरिएको थियो । साथै बेष्ट पपुलर अभिनेता सबिन श्रेष्ठ र नव प्रतिभा पुरुस्कार रिया गुरुङलाई प्रदान गरिएको छ ।
चलचित्र बिकास बोर्ड र आदिबासी जनजाति चलचित्र महासंघको सहकार्य रहेको कार्यक्रमलाई मरिण गाँउपालिका सिन्धुली, राईडर सेवा प्रा. लि.को सहयोग रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु