दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टर्कीको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २१ जनाको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ ११ गते, शनिबार १८:१९

काठमाडौं। टर्कीको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ। एक हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्।

शुक्रबार एलाजिग प्रान्तको सिभ्रिस सहरलाई केन्द्रविन्दु बनाएर ६.८ म्याग्निच्यूडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन्। भत्किएका भग्नावशेषमा अझै केही व्यक्ति च्यापिएको हुनसक्ने अनुमान गरिएको छ।

भूकम्पका कारण सयौं भवनहरुमा क्षति पुगेको बीबीसीले जनाएको छ। भूकम्पको धक्का सिरिया, लेबनान र इरानमा पनि महसुस गरिएको थियो। भूकम्पपछि धेरै पराकम्पनहरु आएकाले मानिसहरु थप त्रसित बनेका छन्।

टर्कीको उत्तर पश्चिम सन् १९९९ मा गएको भूकम्पका कारण १८ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो।
(समाचार एजेन्सीको सहयोगमा)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु