दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रौतहटको डुमरिया स्वास्थ्य चौकीको एम्बुलेन्सले गाँजा बोकेपछी पक्राउ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ १२ गते, आईतवार १६:१०

हेटौंडा, १२ माघ । बागमती प्रदेशको राजधानी हेटौंडातर्फ आउँदै गरेको बिरामी बोक्ने सरकारी एम्बुलेन्सले लागूऔषध गाँजा बोकेपछि प्रहरीको फन्दामा परेको छ ।

शनिवार साँझ करिब ७ बजे हेटौंडा–१९ नेवारपानीमा मनहरीबाट आउँदै गरेको बा. २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको एम्बुलेन्स रौतहटको डुमरिया स्वास्थ्य चौकीको हो ।

ईलाका प्रहरी कार्यालय नेवारपानी अगाडि पुर्व–पश्चिम लोकमार्गमा प्रहरी नायव निरिक्षक राजेश कुमार यादवको कमाण्डमा खटिएको टोलीले एम्बुलेन्समा जाँच गर्दा ३ वटा झोला भित्र ६ वटा पोका बनाइ ३० किलो ६०० ग्राम लागू औषध गाँजा भेटिएको थियो ।

प्रहरीले एम्बुलेन्स चालक रौतहट ईशनाथ नगरपालिका वडा नं. ९ बस्ने ३९ वर्षीय महमद खलिद, एम्बुलेन्समा सवार ईशनाथ नगरपालिकाका ४ नं. वडा घर भएका १९ वर्षीय अशोक कुमार, भारत बिहार मोतिहारी जिल्ला बसन्तपुर बस्ने २२ वर्षीय विनोद सहनीलाई गाँजा र एम्बुलेन्स सहित नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु