दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

शक्तिवर्दक औषधी र खेल मनोबिज्ञान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ १४ गते, मंगलवार १८:०९

डिएन घिसिङ

फेयर प्ले अर्थात स्वस्थ प्रतिस्पर्धा खेलकुदको भावना हो। खेलकुद मैदान वा मैदानबाहिर खेलाडीलाई शक्तिवर्दक औषधी सेवन गर्न आधुनिक खेलकुदमा प्रतिबन्ध लगाइएको छ। खेल भावना विपरित हुने भएकाले यसको प्रयोगमा बन्देज लगाईएको हो । स्वास्थमा जोखिम मात्रै होइन अस्वस्थ प्रतिस्पर्धा हुने भएकाले शक्तिवर्दक औषधीको प्रयोगमा प्रतिबन्ध लगाइएको हो। विश्व खेलकुद जगतमा शक्तिवर्दक औषधीको प्रयोगले पार्ने प्रभाव चासोको बिषय बनेको छ।
प्रतिस्पर्धात्मक खेलहरुमा प्रतियोगीहरूले प्रतिबन्धित औषधि प्रयोग गरेर आफ्नो अनुकुलतामा नतिजा हात पार्नुलाई आधुनिक खेलले प्रदिबन्धीत मात्रै गरेको छैन, यसलाई दण्डनिय मानेको छ । र यसलाई निरुत्साहन गर्न दण्ड जरिवानाको कानुनी ब्यवस्था लागु गरिएको पाईन्छ । कुनै पनि खेलाडीले स्वास्थ्य परीक्षण बिना नै अस्वभाविक नतिजा
ल्याउछ भने त्यो अस्वभाविक परिणामले आशंका पैदा गर्ने ठाउँ दिन्छ । जसमा शक्तिवर्दक औषधीको दुरुपयोग भएको मान्ने ठाउँ रहन्छ नै ।

के हो शक्तिवर्दक औषधी र प्रतिबन्धित नियमन?

खेलमा चाँडै पदक वा प्रतिष्ठा आर्जनको प्रलोभनमा

कुनै प्रकारको प्रतिबन्धित औषधिजन्य पदार्थ खेलाडीले सेवन गर्छ भने त्यो गरेर दिने नतिजालाई शक्तिवर्दक औषधीको रुपमा परिभाषित गरेको छ।

यदि कुनै पनि खेलाडीले आफ्नो तन, मन र मस्तिस्कलाई प्रभावित पार्दै अस्वभाविक उर्जा प्राप्त हुने रसायन पद्धार्थ सेवन गर्छ भने त्यो शक्तिवर्दक औषधीको दाँयरा भित्र पर्दछ । शरिर खेलकुदको प्रकृति र यसको उपभोक्ताको मध्यनजर गर्दै आधुनिक खेलमा सगठनिक संरचना समेत खडा भएका छ्न। अन्वेषण गरिएको नितिगत र नैतिक आधारभुतलाई मध्यनजर गरेर बस्तुनिस्ट गतिविधिको कार्यलाई नियमन गर्न अन्तर्राष्ट्रिय एन्टी डपिङ्ग एजेन्सी अर्थात प्रतिबन्धित शक्तिवर्दक औषधीको निकाय सबैभन्दा सकृय रहेको छ।एन्टी डपिङ्ग आधुनिक खेलमा खेलाडीले प्रयोग गर्ने प्रतिबन्धित शक्तिवर्दक औषधी र निषेधित सूचिको सर्बाधिकार आधिकार प्राप्त निकाय हो।प्रतिस्पर्धामा सामेल भएपछी वा त्यस अघि एक निश्चित समयमा लिएको विभिन्न परिक्षण जस्तै:पिसाब ,रगत लगायतको परिक्षणलाई आधार मानेर प्रारम्भिक अध्ययन र अनुसन्धान गरेको हुन्छ।
खेलकुदलाई एथलीटको प्राकृतिक शारीरिक क्षमताहरूको परिक्षण गर्ने माध्यमको रूपमा बुझ्न सकिन्छ । त्यसकारण कुनैपनी अप्राक्रीतिक गतिविधिलाई निस्तेज पारेर खेल भाबनाको बिकाश गराउनु एन्टी डबिङ्ग एजेन्सीले तत्परता देखाउने गर्दछ। खेलाडीले आफ्नो प्रदर्शन सुधार गर्न कडा परिश्रम नगरी कुनै अस्वभाविक शारीरिक बिकास गर्न अस्वस्थ खाध्य पदार्थ वा औसधि जन्यको उपभोग मानवीय स्वस्थ्यको दृष्‍टिकोणले समेत निकै घातक साबित हुँने गर्दछ। खेलाडीको प्रदर्शन क्षणिक बृद्धि मात्र रहने यस्ता खाले गतिविधिले खेलाडीको स्वस्थ्य समेत दुरगामी असर पर्ने कुरा त छदै छ यसका अलवा खेल भावना बिपरित निष्पक्षतामा हुने यस्ता खाले कदम असामाजिक समेत रहने गर्द्छ। शक्तिवर्दक औषधी खेलको अखण्डतामा खतराको रूपमा देख्न सकिन्छ।

शक्तिवर्दक औषधी र कानुनी दायरा

आधुनिक खेलकुदमा सामान्यतः प्रतियोगितामा अस्वभाविक नतिजा आएपछि डोपिङ्ग परीक्षण गरिन्छ।खेलाडीले एन्टी–डोपिङ्गका प्रावधानहरुले निर्दिष्ट गरेको विधिको परिधिमा रहेर प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।खेलाडीको स्वास्थ्य परीक्षण हुने भए पनि अस्वभाविक नतिजामा एन्टी–डोपिङ्गको विषय बढी आकर्षित हुने गर्दछ ।
शक्तिवर्दक औषधि प्रयोग भएको छ वा छैन भन्ने कुरा अन्तर्राष्ट्रिय डोपिङ्ग एजेन्सीले परीक्षण र अनुसन्धान गर्ने गरेको हुन्छ।खेलकुदको प्रतियोगिता वा अघि पछी खेलाडीको बिशेष परिक्षण गरिन्छ।त्यसबेला प्राप्त गरेको स्वस्थ नतिजा सबैभन्दा महत्त्वपूर्ण रहेको हुन्छ यस अर्थ पनि बिशेष रहन्छ कि खेलाडीले शक्तिवर्दक औषधी प्रभाव देखिएमा कुनै पनि विजेता खेलाडीले प्रतिबन्धित पदार्थ सेवन गरेको पाइएमा प्राप्त पदक खोसिने, प्रतियोगितामा निश्चित समय वा आजीवन भाग लिन नपाइनेसम्मको कारबाही हुने गर्दछ ।शक्तिवर्दक औषधीको परिमाण हेरेर वा अनुसन्धान गरेर कानुनी कारबाही दायर समेत फराकिलो पारेको हुन्छ। यो सबै व्यवस्था कुनै पनि प्रतियोगितालाई स्वस्थ, पारदर्शी र मर्यादित बनाउन गरिएको हो ।

खेलाडी मनोबिज्ञान र शक्तिवर्दक औषधीको असर

खेल जीवनमा प्रत्यक्ष सामिप्यताबाट खेलाडीको अतिरिक्त सोच निर्माण हुने मनोबैज्ञानिक कारण रहेको खुल्न आएको छ। शारीरिक प्रदर्शन सुधार गर्न लागूपदार्थ र अन्य विधिहरू खेलमा प्रयोग हुँदै आएको भेटिन्छ । तर खेल प्रदर्शनमा क्षमता बढाउने खालका औषधिहरूको प्रयोग गर्न जहिले पनि बन्देज गरिएको हुन्छ।
खेलकुदमा खेलाडीको गतिविधि शारीरिक मात्रै नभई कौशलता प्रदर्शनसँग जोडिने गर्दछ, जसमा एक व्यक्ति वा टोलीले अर्को वा अन्यलाई मनोरञ्जनको लागि प्रतिस्पर्धा गर्दछ।खेलकुद मनोरञ्जन मात्र नभई अब्बल र सक्षम रहेको प्रमाणित गर्ने एक प्लेट फर्म हो।खेलाडीले जीवनमा सफलता दिलाउन सशक्त अभ्यासका अलबा अन्य उर्जा वा शक्ति संचित हुने कुरामा समेत सोचनिय हुने गर्दछ।नतिजा पाउन हर संभब तिकडम समेत अपनाउनु खेल मनोबिज्ञानको प्रमुख कारण रहेको हुन्छ।खेलमा जित कल्पना गर्नु त्यसपछिका सफलतामा पाएका पुरस्कार र सम्मान सबैभन्दा प्रमुख कारक हो।खेलाडीको जित वा सफलतामा आर्थिक लाभ सहितको आकर्षक योजना रहने भएकाले खेलाडीहरु मनोबैज्ञानीक रुपमा शक्तिवर्दक औषधीको सेवन वा प्रयोगका लागि हतारिने गर्दछन् ।आधुनिक बिज्ञानले शरीरको उर्जा बढाउन शक्तिवर्दक औषधीको विकाश गरेको छ् । जुन स्वास्थको लागि हानिकारक रहन्छ।क्षणिक शक्ति प्रदर्शनको अबधारणामा प्रबर्द्धन गरिएका यस्ता खाले औसधिले खेलाडीहरुको मानसिक र शारीरिक क्रियाकलापमा दीर्घकालीन ह्रास ल्याउने गर्द्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु