दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सम्झना कप खुला अन्तर्राष्ट्रिय टेबल टेनिस शनिबारदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ १४ गते, मंगलवार २०:१४

काठमाडौं, माघ १४ । तेस्रो सम्झना कप खुला अन्तराष्ट्रिय टेबल टेनिस प्रतियोगिता शनिबारबाट काठमाडौंमा हुने भएको छ ।
मंगलबार ललितपुर टेबल टेनिस क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी बारे जानकारी गराएको हो । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधान र ललितपुर टेबल टेनिस क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल सहित भारत, पाकिस्ता र दक्षिण कोरिया कुल ५ सय २४ खेलाडीले सहभागिता जनाउँदै छन् । ८ दिनसम्म चल्ने प्रतियोगितामा सहभागि प्रतिस्पर्धीले १४ स्वर्ण, १४ रजत र २८ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने ललितपुर टेबल टेनिस क्लबका अध्यक्ष उर्दिप जोशीले जानकारी दिए ।
लैनचौरस्तिथ राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुने प्रतियोगितामा पुरुष र महिला गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दियो ।
ओपन इभेन्टमा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै भेट्रान एकलमा विजयी हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय रुपैयाँबाट पुरस्कृतहुनेछन् । साथै आयोजकले प्रतियोगिताको अन्तिम दिन १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा टेबल टेनिसमा पदक जितेका खेलाडी, प्रशिक्षक र अफिसियललाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने समेत जनाएको छ । सम्झना ल्याब्रेटरीको मुख्य प्रायोजनमा प्रतियोगिता हुन हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु