
काठमाडौ ।फागुन ९ गते लाई रिलिज मिति तय गर्दै
सुबिहानी फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र ‘सेन्टी भाइरस’को टेलर सार्वजनिक भएको छ ।
सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)को निर्माण एवम् मुख्य अभिनय रहेको चलचित्र ‘सेन्टी भाइरस’ लाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । दायाँहाङ राईको पनि मुख्य भुमिका रहेको चलचित्रमा कमलमणी नेपाल , विल्सनविक्रम राई, बुद्दि तामाङ,दिपक आचार्य,राजाराम पौडेल, सूर्यमाला खनाल र बसन्त भट्ट लगाएतको पनि अभिनय रहेको छ । कुमार कटेल (जिग्री) र दिपक आचार्यले लेखन रहेको यो चलचित्रमा सेन्टी भाइरस’ले दिने मुनाफाको २० प्रतिशत सामाजिक कार्यमा लगाइने, निर्माण पक्षले यसअघि नै घोषणा गरिसकेको छ।
केही समय पहिले चलचित्रको फनफनी`नामक गित सार्वजनिक गरिएको थियो ।उक्त गितमा डिपि खनालको शब्द र कालीप्रसाद बास्कोटा र मेलिना राईको स्वर रहेको गितमा संगित शंकर थापा स्माइल को रहेको छ भने कोरियोग्राफी शंकर बिसिको रहेको छ ।
हेर्नुहोस् टेलर


