
१६, माघ, काठमाडौ । माघ शुक्ल पञ्चमी अर्थात श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने गरिन्छ । विशेष गरी विद्या आर्जन हुन स्थान विद्यालय, क्याम्पसमा धुम धामले विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने गरीन्छ ।
यसै अवसरमा काठमाडौ बालुवाटारस्थित हिमाल एकेडेमी माध्यामिक विद्यालयले पनि सरस्वती पुजा धुमधामले मनाएको छ । एकेडेमीले स्कुल परिसरमै विद्यार्थी अभिभावक ,शिक्षक तथा समाजका प्रतिष्ठित व्यक्ति,विभिन्न संघ संस्था का प्रतिनिधि, विद्यार्थी को सहभागितामा पूजा सम्पन्न गरेको हो।उक्त कार्यक्रममा विद्यार्थीहरूद्वारा विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत साथै छ देखि दश कक्षा माथीका विद्यार्थी हरूले तयार पारेको खाना परिकार स्टाल हरू राखिएको थियो ।
कार्यक्रमम विभिन्न कक्षामा सर्वोत्कृष्ट,द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई पुरस्कार तथा खेलकुद सप्ताहमा सञ्चालित विभिन्न खेलहरूमा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई मेडल एवम् प्रमाणपत्र प्रदान गरिएको छ ।
सञ्चालक अध्यक्ष सुरेन्द्र घिमिरे,संस्थापक प्रधानाध्यापक कुवेर कटुवाल, र अन्य सञ्चालकहरूले आगामी योजना र रणनीतिहरूबारे प्रष्ट पार्दै विद्यालय गुणस्तरीय शिक्षाप्रति सधै प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।


