दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

शहीदहरुलाई सम्झिदैं शहीद दिवस मनाइयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ १६ गते, बिहीबार १५:५३

माघ १६, काठमाडौं । ज्ञात अज्ञात शहीदहरुलाई सम्झिदैं आज शहीद दिवस मनाइएको छ ।
यसै अवसरमा आज शहीद सप्ताहको अन्तिम दिन ं काठमाडौंको लैनचौरमा रहेको शहीद स्मारक स्तम्भमा प्रधान मन्त्री के.पी.शर्मा ओलिले शहीदहरु प्रति श्रद्धा सुमन अर्पण गर्नु भएको छ ।
यस अघि प्रधान मन्त्री लैनचोरस्थित शहीद स्मारक पुग्दा नेपाली सेनाको एक टुकडीले प्रधान उहाँलाई सम्मान गारद चडाएको थियो ।
यसैगरी शहीद स्मारकमा नेपाल सरकारका मन्त्री , काठमाडौं महानगरपालिकाका प्रमुख तथा शहीद सप्ताह मुल समारोह समितिका संयोजक विद्या सुन्दर शाक्य, उप प्रमुख हरि प्रभा खडगी श्रेष्ठ , सुरक्षा निकायका प्रमुख , काठमाडौं महानगरपालिकाका जन प्रतिनिधि र महानगरपालिकाका कर्मचारीहरुले श्रद्धा सुमन अर्पण गरेका थिए ।
यस अधि शान्ति बाटिका रत्न पार्कबाट वि.स. १९९७ सालमा शहीद भएका चार जना शहीद शुक्रराज शास्त्री, धर्म भक्त भाथेमा, दशरथ चन्द्र र गंगालाल श्रेष्ठको तस्बीर सहितको शोभायात्रा जमल, कान्तिपथ, केशर महल हदैँु काठमाडौं महानगरपालिकामा वडा नं २६ परिसर भित्र रहेको शहीद स्मारक पार्क पुगेको थियो ।
काठमाडौं महानगरपालिकाद्धारा गत माघ १० गते काठमाडौंको टेकु पचलीमा रहेको शहीद शुक्रराज शास्त्रीको शालिकमा श्रद्धान्जली अर्पण गरि शुरु भएको शहीद सप्ताह कार्यक्रम माघ १३ गते सिफलमा शहीद धर्मभक्त माथेमा र हिजो माघ १५ गते शोभाभगवतीमा दशरथ चन्द्र र गंगालाल श्रेष्ठ प्रति श्रद्धान्जली व्यक्त गरि सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु