तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

युवानी र सौम्याले ‘मिस नेपाल जुनियर’ को उपाधी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ १७ गते, शुक्रबार २१:३०

काठमाडौँ — माघ १७।

युवानी र सौम्याले ‘मिस नेपाल जुनियर’, ‘लिटिल मिस नेपाल जुनियर’ को उपाधी हात पार्दा सहर्ष र चिराग बने ‘मास्टर नेपाल जुनियर’ र ‘लिटिल मास्टर नेपाल जुनियर’

जिजिबिसा स्टुडियोको आयोजनामा राजधानीको कमलपोखरीस्थित रसियन सेन्टर अफ साईन्स एण्ड कल्चरमा ‘मिस नेपाल जुनियर २०२०’, ‘लिटिल मिस नेपाल जुनियर २०२०’, ‘मास्टर नेपाल जुनियर २०२०’ र ‘लिटिल मास्टर नेपाल जुनियर २०२०’ सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ ।

‘मिस नेपाल जुनियर २०२०’ को शिर्ष ताज युवानी लिम्बूले हात पर्दा ‘लिटिल मिस नेपाल जुनियर २०२०’ को शिर्ष उपाधी सौम्या कार्कीले हात पारिन ।

त्यसैगरी ‘मास्टर नेपाल जुनियर २०२०’ को ताज सहर्ष प्रधानले पहिरिदै गर्दा ‘लिटिल मास्टर नेपाल जुनियर २०२०’को उपाधी चिराग आचार्यले हात पारे।

विजेताले प्रतियोगिताको उपाधिसहित विभिन्न आकर्षक उपहार प्राप्त गरेका छन् ।

उक्त कार्यक्रमको निर्णायक मण्डलमा रुश्का श्रेष्ठ, अक्षय जंग रायमाझी, शाश्वत कार्की, सोफिया भुजेल, मनिशा डंगोल, आश्रा कुँवर रहनु भएको थियो ।

प्रतियोगितात्मक कार्यक्रमले बालबालिकाको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने प्रतियोगिताका कोरियोग्राफर सुशान्त काजी श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु