तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चौथो भानुभक्त अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ १७ गते, शुक्रबार २१:५४

काठमाडौ ।भानुभक्त मेमोरियल स्कुलको आयोजनामा चौथो भानुभक्त अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइजमा प्रतिस्पर्धा हुने भानुभक्तका प्रिन्सिपल बमबहादुर मोक्तानले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइज र गल्र्समा समान ११–११ तथा जुनियर ब्वाइजमा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।
सिनियर ब्वाइजमा विल्सन एकेडेमी तथा गल्र्समा स्वप्न वाटिका डिफेन्डिङ च्याम्पियन हुन् । जुनियर ब्वाइज स्पर्धा पहिलो पटक थपिएको हो ।
सोमबारदैखि नै प्रथम अन्तरविद्यालय नेटबल प्रतियोगिता पनि सुरु हुँदै छ । आयोजकसहित ४ टिमको सहभागिता रहने छ । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
दुवै प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने आयोजक विद्यालयका संयोजक अनुपबहादुर श्रेष्ठले जनाएका छन् । माघ २६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु पानीपोखरीस्थित आयोजककै कोर्टमा हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु