दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बीर गणेशमान सिह 10 k रोड रेस हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २१ गते, मंगलवार १४:०१

माघ २१,काठमाडौ ।गणेशमान सिंह निष्ठावान् राजनेताका रुपमा नेपाली राजनीतिमा सुपरिचित हनुहन्छ । लौह पुरुष सिंहले नेपालको
प्रजातान्त्रिक आन्दोलनमा पुल्याउनु भएको योगदान अतुलनीय छ । स्वर्गीय नेता सिंहको स्मृतिमा रुइस फेसन
प्रालिले आगामी फागुन २४ गते शनिवारको दिन बीर गणेशमान सिह 10 k Road Race आयोजना गर्न लागेको जानकारी आज राजधानीमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

एडिडास शोरुम दरबारमार्गबाट सुरु हने रोड रेस महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल
भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल,
बालुवाटार, भाटभटेनी, टंगाल, बाल मन्दिर, पुलिस हेडक्वार्टर, गैरीधारा, राजदरबार उत्तरपूर्व मोड, नागपोखरी,
जय नेपाल सिनेमा घर हुँदै पुनः एडिडास शोरुम दरबारमार्गमा पुगेर सम्पन्न हनेछ।

प्रतियोगिताका महिला तथा पुरुषतर्फका विजेताले ६० हजार पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी दोस्रो हनेले ३० ।
हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौं हनेले ५ हजार नगद पुरस्कार पाउने छन्। प्रतियोगितामा
छैटौंदेखि १०औं स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई ४ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
प्रतियोगिताको अनुमानित बजेट १० लाख रुपैयाँ रहेको छ।
यस प्रतियोगितामा नेपालका उत्कृष्ट सहित अन्य खेलाडीहरुको सहभागीता रहनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु