दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज शेयर कारोबार मापक नेप्सेमा सामान्य वृद्धि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २२ गते, बुधबार १८:४२

काठमाडौँ, माघ २२ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्सेमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.३१ अङ्कले बढेर एक हजार ३४२.३६ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ०.९३ अङ्कले घटेर २८५.९२ मा पुगेको छ । परिसूचक वृद्धि भए पनि कारोबार रकम एक अर्बमै सीमित भएको छ । आज कुल १७७ कम्पनीका ३२ लाख ६० हजार १९८ कित्ता शेयर रु एक अर्ब आठ करोड २४ लाख ८३ हजार ९०९ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ मध्ये आठ उपसमूहको शेयर उकालो लागेको छ । सबैभन्दा बढी होटल उपसमूहको शेयर ५३ अङ्कले बढेको छ । बैंकिङ ३.७७, व्यापार २८.०४, जीवन बीमा ३८.२६, वित्त ५.४, निर्जीवन बीमा २६.४८, अन्य ११.१३ र लघुवित्त ६.०२ अङ्कले बढेको छ । विकास बैंक २.२३, जलविद्युत् ६.१२, उत्पादन ११.०७ र सामूहिक लगानी कोषको शेयर ०.१३ मा घटेको छ । कारोबार रकमका आधारमा सिभिल बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु १३ करोड ६ लाख १२ हजार १२९ मा खरिदबिक्री भयो । यस्तै नागरिक लगानी कोषको रु छ करोड २३ लाख ३८ हजार १३६, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी रु पाँच करोड ९० लाख ८० हजार ६४५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु चार करोड आठ लाख ६० हजार १७३, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ५७ लाख चार हजार ५३८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ५५ लाख २० हजार ४६१ र नेको इन्स्योरेन्सको शेयर रु दुई करोड २७ लाख ३५ हजार ९१३ मा खरिदबिक्री भयो । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले आज सबैभन्दा बढी ९.९७ प्रतिशतले कमाए । सिभिल बैंकको ८.७८, नागरिक लगानी कोषको ७.०८, कर्णाली डेभलपमेन्ट बैंक ६.२५, रिलायन्स फाइनान्स ४.९६, साल्ट ट्रेडिङ कर्पोरेशन ४.४० र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर ४.०८ प्रतिशतले कमाए । आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६.२५ प्रतिशतले गुमाए । नेपाल हाइड्रो डेभलपर्स ६.०१, सानिमा माई हाइड्रोपावर ५.२८, दिव्यश्वरी हाइड्रोपावर ५.२६, सप्तकोशी डेभलपमेन्ट ४.६३ र हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ताले ३.८९ प्रतिशतले गुमाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु