दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

केभीएस क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २२ गते, बुधबार १९:५८

काठमाडौ ।काठमाडौं विनायक शिक्षालय (केभीएस) चौथो प्याब्सक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वारा आयोजित प्रतियोगितामा केभीएसले रिताम्बरालाई २–१ तथा तिरुपातीलाई ६–१ गोलले पराजित ग¥यो । विट्स एकेडेमीले हिमालयलाई ३–२ तथा भीमेश्वर एकेडेमीले गणेश हिमाललाई टाइब्रेकरमा ३–२ गोलले हराउदै क्वाटरफाइनलमा पुग्न सफल भए । प्राक्सिस्को ‘ए’ र ‘बी’ दुवै टिमले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
चुच्चेपाटीस्थित लुम्बिनी फुटसलमा भएको अन्य खेलमा फेरील्यान्डले अरुणीलेलाई ३–१, ग्रिनफिल्डले हिलारीलाई ६–१, आकाश गंगाले प्रोग्रेसिभलाई ३–०, विनायकले केभीएम ‘बी’ लाई ४–१, जोन एकेडेमीले केभीएम ‘ए’ २–० तथा ज्ञान चक्छुले प्रस्फुटनलाई १–० गोलले पाखा लगाए ।
प्रतियोगिताको अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरे । शीर्ष चार स्थानमा रहने टिमलाई क्रमशः १० हजार, ८ हजार, ७ हजार र ५ हजार नगदबाट पुरस्कृत गरिने प्याब्सकका अध्यक्ष गेन्द्र लामाले जनाएका छन् । शुक्रबारसम्म चल्ने प्रतियोगितामा ६४ टिम सहभागी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु