दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आयोजक नेपाल एपीएफ स्कुलको लगातार दोस्रो जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २४ गते, शुक्रबार १७:३१

कीर्तिपुर ।नेपाल एपीफ स्कुल,कीर्तिपुर—४ काठमाण्डौको आयोजनामा छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिता अन्तर्गत आज ४ खेलहरु सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा ब्राईट होराईजन चिल्ड्रेन होम स्कुलले जेम्स स्कुललाई ३—१ गोल अन्तरले पराजित ग¥यो । ब्राईट होराईजन चिल्ड्रेन होमलाई विजयी गराउन गोरा बहादुर ऐडीले ह्याट्रीक गरेका थिए भने प्रम्शु जोशीले जेम्स स्कुलको तर्फबाट १ गोल गरे । त्यसैगरी आज भएको दोस्रो खेलमा लिटल एन्जल्स स्कुल हात्तिबनले न्यू भिजन एकेडेमीलाई ९—० को फराकिलो अन्तरले पराजित ग¥यो । लिटल एन्जल्स स्कुललाई विजयी गराउन लक्क्ष महर्जनले ४ गोल, कासर रावलले १, बर्गब सिलवालले २, प्रसिद्ध घलेले १ र सुवर्ण बस्नेतले १ गोल गरेका थिए । आज सम्पन्न तेस्रो खेलमा सैनिक आवासिय महाविद्यालयले साल्भिनिया एकेडेमीलाई १०—० को फराकिलो अन्तरले पराजित ग¥यो । सैनिक आवासिय महाविद्यालयको तर्फबाट आयुष फुयालले २, विमर्स थापाले ४, विमर्स विष्ट १ र सुसान्त सापकोटाले ३ गोल गरेका थिए । त्यसैगरी आज भएको अन्तिम खेलमा आयोजन नेपाल एपीएफ स्कुलले रिब्स स्कुल सतुङ्गललाई ४—० गोल अन्तरले पराजित ग¥यो । आयोजक टिमलाई विजयी गराउन सुरज खत्रीले ३ र सुलभ सेनले १ गोल गरेका थिए ।

त्यसैगरी भोली मिति २०७६।१०।२५ गते हुने लिग चरणका खेलहरु निम्न अनुसार रहेको छन ।
१. राराहिल मेमोरियल स्कुल विरुद्ध पुष्प सदन बोडिङ्ग हाई स्कुल
२. ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विरुद्ध एम्ब्रोसिया ईन्टरनेशनल स्कुल ।
३. बाघ भैरव बोडिङ्ग स्कुल विरुद्ध हारति शिक्षा मन्दिर ।
४. ल्याबोटरी मा.वि. विरुद्ध न्यू भिजन एकेडेमी ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु