दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रदेश ५ लाई हक्कीको उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २५ गते, शनिबार ८:४१

विराटनगर, माघ २४
दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि प्रदेश ५ ले जितेको छ ।
नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न फाइनल खेलमा प्रदेश ५ ले गतवर्षको विजेता गण्डकी प्रदेशलाई ५–३ गोलमा पराजित गर्दै उपाधि जितेको हो ।
खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । प्रदेश ५ का सारु लामा, मनिष गुरुङ, रोहित लामा, रिसु कुमार र शशी दर्लामीले गोल गरे । गण्डकीका गणेशसिंह ठगुना, श्रवण कुमार र सुमितकुमार कामीले गोल गरेभने सागर आचार्य र किसनबहादुर मागरले गोल गर्न सकेनन् ।
म्यान अफ द फाइनल प्रदेश ५ का रवि कान्त घोषित भए ।
खेलको ३७ औं मिनेटमा गण्डकीका पिताम्बर थापाले गरेका थिए । खेलको अन्तिम समय १ मिनेट (५९ औं मिनेट) बाँकी छँदा प्रदेश ५ का शशी दर्लामीले गोल गर्दै खेललाई बराबरी पारे ।
त्यस्तै शुक्रबार नै तेस्रो स्थानका लागि भएको खेलमा विभागीय टोली नेपाल आर्मीले सुदूरपश्चिम प्रदेशलाई ६–० गोलमा पराजित गरेको छ । खेलको ७, १०, २५ र ५५ औं मिनेटमा रोमन रानाले गोल गरे । २९ औं मिनेटमा नरेन्द्र कार्कीले गोल गरेका थिए । ३२ औं मिनेटमा राम साहले गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच आर्मीका रंजित राउत भए ।
प्रतियोगितामा एक विभागीयसहित ६ प्रदेशको सहभागिता रहेको थियो । विभागीय टोली नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ ले प्रतियोगितामा भाग लिएका थिए ।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँ र तेस्रोले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे । उदयीमान खेलाडी गण्डकीका पिताम्बर थापा, सर्वाधिकगोलकर्ता आर्मीका रोमन राना, उत्कृष्ट गोलरक्षक कार्तिक गुरुङ, सर्वोत्कृष्ट खेलाडी गण्डकीका सुमितकुमार कामीले जनही नगद ५ हजार रुपैयाँ पुस्कार पाए ।
खेलाडीलाई प्रदेश १ नेपाली कांग्रेसको संसदीय दलका नेता राजीव कोइराला, नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइराला, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष सन्तोष बाँनियालगायतले पुरस्कार वितरण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु