दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तेश्रो द टाइम्स ५ किलोमिटर रोड रेसको महिलातर्फ भूमि पहिलो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २६ गते, आईतवार ७:११

काठमाडौ । शहिद रामनाथ मल्टीपल कलेजकी हुमी बुढा मगर तेश्रो द टाइम्स ५ किलोमिटर रोड रेसको महिलातर्फ शनिबार पहिलो भएकी छन् ।
गत संस्करणको पनि विजेता हुमीले निर्धारित दूरी २१ मिनेट २१.९८ सेकेन्डमा पूरा गरिन् । जोसेफ उमाविकी प्रीति राई दोश्रो तथा नेपालय एजुकेसन फाउन्डेसन स्कुलकी विनिता तामाङ तेश्रो भए । निर्धारित दूरी तय गर्न प्रीतिले २२ मिनेट ५१.०९ सेकेन्ड तथा विनिताले २३ मिनेट ०७.७९ सेकेन्ड समय लगाए । शीर्ष तीन स्थानमा रहनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
पुरुषतर्फको नतिजा भने प्राविधिक कारणले पछि मात्र घोषणा गरिने आयोजक द टाइम्स इन्टरनेसनल कलेज, म्यानेजमेन्ट क्लबले जनाएको छ ।
विजेतालाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथनका स्वर्ण विजेता किरणसिंह बोगटीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । रेस डिल्लीबजारस्थित टाइम्स कलेजको हाताबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः टाइम्स कलेजमै आएर टुंगिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु