
हिमालयले नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार दोहोरो जित हात पारेको छ ।
इनोभेटिभ इङलिस स्कुलद्वारा आयोजित प्रतियोगितामा हिमालयले एस्फोडेललाई ३१–१७ ले पराजित ग¥यो । हिमालयको जितमा विनोद नेपालीले १० अंक योगदान गरे । विनोद नेपालीकै २१ अंक सहयोगमा हिमालयले नेरिक एकेडेमीलाई ५९–५२ ले हरायो । दुई खेल खेलेको नेरिकले ह्वाइट हेभेन विरुद्ध भने ३९–१९ को जित निकाल्यो । नेरिकका समिप खत्रीले १५ स्कोर गरे ।
ब्वाइजमै पुष्प सदन र एसियन पब्लिकले पनि सफलता पाए । पुष्प सदनले ह्वाइट हेभेनमाथि ५५–४० ले पन्छायो । पुष्प सदनका सन्जिव बोहराले १३ स्कोर गरे । एसियनले एआईएलाई ४८–२२ ले पाखा लगायो । एसियनका पारस केसीले १५ अंक जोडे ।


