दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेक्ससलाई फिजम कप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २६ गते, आईतवार २०:१२

काठमाडौं, माघ २६ ।
नेक्सस इन्टरनेसनल एकेडेमीले नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको फाइनलमा नेक्ससले डिफेन्डिङ च्याम्पियन ग्लोबल पब्लिक स्कुललाई २–१ गोलले पराजित ग¥यो । नेक्ससका दिपेन कट्वाल र किरण चन्दले १–१ गोल गरे । ग्लोबलका सुशिल कार्कीले १ गोल फर्काए ।
संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगितामा नेक्ससका दिपेन कट्वाल सर्वोत्कृष्ट खेलाडी घोषित भए । दिपेन प्रतियोगिताकै सर्वाधिक गोलकर्ता पनि बने । उनले प्रतियोगिताभर ९ गोल गरे । ग्लोबलका सुशान्त भण्डारी उत्कृष्ट गोलरक्षक तथा नेक्ससका शिव आले मगर उत्कृष्ट मिडफिल्डर चुनिए ।
विजेतालाई प्याब्सनका केन्द्रीय सह–अध्यक्ष डिके ढुंगाना, फिजमका अध्यक्ष आरबी कट्वाल, सचिव देवीप्रसाद डोटेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ १२ गतेदेखि सुरु नकआउट प्रतियोगितामा २१ टिम सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु