दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल एपीएफ स्कुल कपमा ल्याब स्कुल र सैनिक स्कुल विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २७ गते, सोमबार १८:२२

नेपाल एपीफ स्कुल, कीर्तिपुर काठमाण्डौँको आयोजनामा छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा ल्याब स्कुल र सैनिक स्कुल विजयी भएका छन् ।

आज सम्पन्न चार खेलहहरु मध्ये पहिलो खेलमा एम्ब्रोसिया ईन्टरनेशनल स्कुल र जेम्स स्कुलले १—१ गोलको बराबरी खेलेका थिए। एम्ब्रोसिया ईन्टरनेशनल स्कुलको तर्फबाट दिपेन खत्रीले १ गोल गरेका थिए भने बराबरी बनाउनको लागी जेम्स स्कुलको तर्फबाट आदित्य थापाले गोल गरेका थिए। त्यसै आज भएको दोस्रो खेलमा रिब्स स्कुलले बाघ भैरव बोडिङ्ग स्कुललाई ४—० को फराकिलो अन्तरले पराजित गरेको छ ।

रिब्स स्कुललाई विजयी गराउन सास्वत वाग्लेले १ गोल, आयुष खड्काले २ र अनमोल पाख्रिनले १ गोल गरेका थिए । आज सम्पन्न तेस्रो खेलमा ल्याब्रोटरी मा.बि.ले लोयल्टी एकेडेमीलाई ३—० गोल अन्तरले पराजित गरेको थियो। तेस्तै ल्याब्रोटरी मा.बि.को तर्फबाट रविन तामाङ्ग २ र समिर स्यानह्याङ्गले १ गोल गरेका थिए । आज भएको अन्तिम खेलमा सैनिक आवासिय महाविद्यालयले पुष्पसदन आवासीय माध्यमिक विद्यालयलाई ५—२ गोल अन्तरले पराजित गर्‍यो । सैनिक आवासिय महाविद्यालयको तर्फबाट विमर्स थापाले ह्याट्रिक गरेका थिए त्यसैगरी विमर्स विष्टले १ र सुशान्त सापकोटाले १ गोल गरेका थिए भने पुष्पसदन आवासीय माध्यमिक विद्यालयको तर्फबाट नुर्बु तामाङ्गले १ र एलेक्स खड्काले १ गोल गरेका थिए ।

।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु