दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली श्रमिकमा लागि ईपिएस कोटा वृद्धि गर्न आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २८ गते, मंगलवार ९:१७

काठमाडौ – नेपाली श्रमिकमा लागि ईपिएस कोटा वृद्धि गर्न आग्रह गरेका छन् । सोमबार श्रममन्त्री रामेश्वर राय यादव र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत एच ई पार्क यंग्सिकबीच भएको भेटमा ईपिएस भाषा परीक्षालाई थप मर्यादित एवं व्यवस्थित गरी कोटा बढाएमा लिखित परीक्षा तथा सीप परीक्षा पास गरेका श्रमिक प्रतिक्षामा बस्न नपर्ने मन्त्री रायको भनाइ थियो । कोरिया रहेका नेपाली कामदारहरुको आत्महत्याको बारे राजदूत एच ई पार्क यंग्सिकले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय कोरियामा नेपालीको बढ्दो आत्महत्या प्रति सरकारले व्यवस्थापन गर्ने उनको भनाइ छ ।
नेपाली श्रमिकले गरेका कामका विषय प्रशंसा गर्दै ईपिएस भाषा परीक्षालाई थप मर्या्दित एवं व्यवस्थित गर्न कम्प्यूटरमा आधारित परीक्षा (सिबीटी) संचालन गर्न आवश्यक पूर्वाधार निर्माण कार्य छिटो सम्पन्न हुने राजदूत यंग्सिकले जानकारी दिए । श्रममन्त्री राय यादवले आगामी दिनमा नेपाली श्रमिकहरुलाई कोरियाको पेन्सन प्रणालीमा समेट्न आग्रह गर्नुका साथै ईपिएस भाषा परीक्षालाई थप मर्या्दित र व्यवस्थित गर्न नेपाल सरकार प्रतिवद्ध रहेको भन्दै तालिम प्रदायक संस्थाको क्षमता विकासका लागि कोरिया सरकारसँग सहयोगको लागि आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु