
ललन कुमार चौरसिया
जनकपुर २८ माघ।
समाजवादी पार्टीका निकट पत्रकारहरूको संगठन ‘प्रेस नेपाल’ घोषणा गरिएको छ। सोमबार जनकपुरको उधोग वाणिज्य संघमा एक कार्यक्रमका आयोजना गरी केशव आचार्यको प्रमुख अतिथि एवं केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज आतिश मिश्रका अध्यक्षताम १९ सदस्यीय प्रेस नेपालको प्रदेश स्तरीय समिति घोषणा गरिएको हो ।
प्रेस नेपाल तत्कालीन संघीय प्रेस फोरम र नेपाल प्रेस सोसाइटीबीच समायोजन गरी निर्माण गरिएको छ। समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सहित नेताहरूका उपस्थितिमा प्रेस नेपाल प्रदेश स्तरीय समिति घोषणा गरिएको छ।
प्रेस नेपालको अध्यक्षमा श्यामसुन्दर यादव, वरिष्ठ उपाध्यक्षमा सुरेश कु. यादव, रामनारायण कापडी़, राकेश यादव मुख्य सचिवमा मुकेश कु.ठाकुर छन्।
सचिवमा ललन कुमार चौरसिया, सरोज यादव कोषाध्यक्षमा बन्दना झा छन्। ८ पदाधिकारी मध्ये अध्यक्ष श्यामसुन्दर यादव उपाध्यक्ष सुरेश यादव, कापडी़, यादव सचिवमा चौरसिया, ठाकुर, यादव गरी २ जना नेपाल प्रेस सोसाइटीबाट हुन् भने बाँकी ६ पदाधिकारी संघीय प्रेस फोरमबाट हुन्। समाजवादीले नेपाल बौद्धिक पेसाकर्मी महासंघको घोषणासँगै प्रेस नेपालको पनि घोषणा गरेका हो।
महासंघका पदाधिकारीलाई अध्यक्ष यादवले सपथ खुवाएका थिएँ भने प्रेस नेपालका पदाधिकारीहरूलाई यादव नै सपथ खुवाएका थिएँ।
प्रदेश स्तरीय प्रेस नेपालको संघीय समिति :-
१. श्यामसुन्दर यादव – अध्यक्ष
२. सुरेश कुमार यादव – वरिष्ठ उपाध्यक्ष
३. रामनारायण कापडी़ – उपाध्यक्ष
४. राकेश कुमार यादव – ”
५. मुकेश ठाकुर – मुख्य सचिव
६. ललन कुमार चौरसिया – सचिव
७. सरोज यादव – सचिव
८. बन्दना झा – कोषाध्यक्ष
९. नगेन्द्र यादव – सदस्य
१०. राजेश मिश्र – सदस्य
११. मनोज यादव – सदस्य
१२. शिवकुमार महरा – सदस्य
१३. रामविनय साह – सदस्य
१४. उषा थापा – सदस्य
१५. विमला गुप्ता – सदस्य
१६. सुर्यनारायण मन्डल – सदस्य
१७. जितेन्द्र झा – सदस्य
१८.राजकुमार पासवान – सदस्य
एक जनालाई पछि थपने
साथै ८ ओटा जिल्ला इन्चार्ज तोकिएका छन्।


